Home Uncategorized दुबईमा दलालको बिगबिगी: लन्डन लैजान्छु भनेर दुबई पुर्‍याएर ६३ जना अ’लपत्र, उल्टै...

दुबईमा दलालको बिगबिगी: लन्डन लैजान्छु भनेर दुबई पुर्‍याएर ६३ जना अ’लपत्र, उल्टै दला’ल बाट कु’टपि’ट

दुबईमा दलालको बिगबिगी: लन्डन लैजान्छु भनेर दुबई पुर्‍याएर ६३ जना अ’लपत्र, उल्टै दला’ल बाट कु’टपि’ट

यूएई – लण्डन लैजाने भन्दै भिजिट भिसामा दुबई पुर्‍याएर अलपत्र बनाइएका दुई जना नेपालीलाई दलाल (एजेण्ट)ले निर्घा’त कु’टपि’ट गरेका छन् । लण्डन जाने आशामा भिजिट भिसामा यूएई पुगेका मनोहर केसी र रामेछापका टिकाराम बोहोरा उल्टै द’लालबाट कु’टि’एका हुन् । लण्डन लैजाने भन्दै दुबई ल्याएर त्यहाँ नक्कली कम्पनी स्थापना गरी यूएईमै काम लगाउने भन्दै नेपाली दलाल श्याम थापाले ६३ जना नेपाली युवालाई अ’लपत्र पारेका छन् ।

श्याम थापाले पीडितलाई दिएको अफर लेटर र स्यालेरी एग्रिमेन्ट

लण्डन पठाउन नसकेपछि एजेण्ट थापाले ७ हजार ५ सय दिर्हाम मासिक तलबको नक्कली प्रस्ताव सहित नक्कली कम्पनी खडा गरेर कामदार भिसा समेत दिएर ६३ जनालाई अलपत्र बनाएको र अलपत्रमध्ये अधिकांश सम्पर्कमा आएको दूतावासले जनाएको छ । एजेण्ट थापा पीडितहरुको पासपोर्ट लिएर सम्पर्कवि’हीन भएपछि पी’डितहरुले गैर आवासीय नेपाली संगठन (एनआरएनए) यूएई र नेपाली दूतावासमा सहयोग र उ’द्धारका लागि निवेदन दिएका थिए ।

श्याम थापाले पीडितलाई दिएको अफर लेटर र स्यालेरी एग्रिमेन्ट

दूतावासमा उजुरी गरेको थाहा पाएपछि एजेण्ट श्याम थापाले एनआरएनए दुबई क्षेत्रका अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्री (एरिक)को उपस्थितिमा केही स्थानीय बारमा काम गर्ने युवाहरुको उपस्थितिमा पीडितमध्ये बोहोरा र केसीलाई नेपाली चोक बरदुबईमा बोलाएका थिए । आफ्नो पासपोर्ट पाउने आशामा बरदुबई पुगेका उनीहरुलाई छलफलका क्रममा सामान्य वि’वाद भएपछि अ’न्धाधु’न्ध आ’क्रमण भएको हो । कु’टपि’टबाट दुईजना पी’डितको हात, मुख र नाकमा ग’म्भीर चो’ट लागेको छ ।

पीडि’तमाथि कु’टपि’ट हुँदा एनआरएनए दुबई क्षेत्रका अध्यक्ष भीम मल्ल ठकुरी पनि त्यही स्थानमै हुनुहुन्थ्यो । नेपालीको विषय भएकाले सकेसम्म मिलाएर मु’द्दा मा’मिला नग’र्न मल्लले सुझाउनुभएको थियो । त्यही सुझावलाई लिएर मल्लमाथि द’लालसँगको संलग्नता रहेको भन्दै एनआरएनएमा विरोध भएको छ । पी’डितहरुले न्यायको सट्टा कु’टाइ खाएपछि स्थानीय प्रहरी गुहा’रेका थिए । प्रहरीलाई खबर गरेलगत्तै श्याम थापा सहितको टोली घटनास्थलबाट भा’गेको थियो । एजेण्ट थापा अहिलेसम्म फ’रार रहेको दूतावासले जनाएको छ ।​

करोडाैं ठ’ग्ने म्यानपावर र यूएई एजेण्ट थापालाई कारबाही गर्न दूतावासको पत्राचार

नेपालीलाई अल’पत्र पार्ने एजेण्ट श्याम थापालाई ठगी मुद्दामा कारबाही गर्न नेपाली दूतावास आबुधावीले विभिन्न निकायमा पत्राचार गरेको जनाएको छ । दूतावासले गृह, पररास्ट्र तथा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागलाई समेत पत्र लेख्दै थापालाई प’क्राउ गरेर कार’बाही अगाडि बढाउन पत्राचार गरेको हो ।

यूएईको स्थानीय प्रहरीमा समेत पी’डित आफैले उ’जूरी गरेको तथा पी’डितहरुले दूतावासमा दिएको निवेदनका आधारमा का’रबाहीका लागि पत्राचार गरेको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रीता धितालले जानकारी दिनुभयो । पीडितहरुको उजुरीका आधारमा तीनजुरे इम्प्लोइमेन्ट प्रालि र दुबई एजेण्ट श्याम थापालाई कारबाहीका लागि पत्राचार गरिएको हो । त्यही गिरोहले पी’डितहरुबाट प्रतिव्यक्ति ९ लाख रुपैयाँ उठाएको पी’डितहरुले बताएका छन् ।

एजेण्ट थापाले एनआरएनएमा आफ्नो पहुँच रहेको भन्दै पी’डितहरुलाई ध’म्काएको गु’नासो पी’डितहरुको छ । अधिकांश पी’डितहरु तीनजुरे इम्प्लोइमेन्ट सर्भिसेज्की जनसम्पर्क अधिकृत सिर्जना अधिकारी र सन्तोष थापा मार्फत दुबई पुगेका थिए । पी’डितहरुका परिवारले सम्बन्धित म्यानपावर कम्पनीमा सम्पर्क गर्दा सञ्चालक बिनय राई पञ्छिने गरेको पी’डित परिवारले बताएका छन् ।

 

जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान

Previous articleभिडियोक’लमा लु’गा खो’ल्नु भन्दा पहिला र यौ’न स’म्बन्ध राख्दा क्यामेरा खोल्नु भन्दा पहिला ह’जार पटक सोचौ
Next articleजति कोसिस गर्दा पनि किन बच्चा बस्दैन ? महिलाले एकचोटी अबस्य पढौं
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।