चितवनमा स्पा तथा मसाज सेन्टरबाट ८ जना पक्राउ

चितवन । भरतपुरका विभिन्न स्थानमा अनुमति बिना सञ्चालनमा रहेका स्पा सेन्टरबाट आज ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भरतपुर महानगरपालिका १० र ११ मा सञ्चालनमा रहेका ६ वटा स्पा सेन्टरबाट ६ जना सञ्चालक, एक जना महिला कामदार र एक जना ग्राहक गरी ८ जनालाई नियन्त्रणमा लिइएको चितवन प्रहरीका सूचना अधिकारी डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

डिएसपी खनालका अनुसार स्पा सेन्टरले दर्ता अनुमति नलिई सञ्चालन गर्नुका साथै यौनजन्य गतिविधि पनि गरेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

पछिल्लो समय चितवनमा स्पा सेन्टरहरू अत्यधिक खुलेको र मानव बेचबिखनका जोखिम स्पा सेन्टरका कारण बढ्दै गएको उजुरी बढ्दै गएको छ ।

Previous articleकालिका नगरपालिका र अमेरिकी सहरबीच सहकार्यको पहल, फेयरफ्याक्स सिटीसँग अनुभव आदानप्रदान
Next articleरत्ननगरको आधारभूत शिक्षा संकटमा; सामुदायिक तर्फका ६८२ मध्ये ४२३ ननग्रेडेड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।