गत सोमबार दुबईमा रोकिएका १६४ जना काठमाडौं आए

0
50

गत सोमबार दुबईमा रोकिएका १६४ जना काठमाडौं आए

७ भदौ, काठमाडौं । गत सोमबार दुबई एयरपोर्ट आएर पनि नेपाल र्फकन नपाएका १६४ जना नेपालीलाई आज नेपाल एयरलाइन्सको जहाजले घर फर्काएको छ । एक बच्चासहित १६४ जना नेपाली आज काठमाडौं अवतरण गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । नेपाल एयरलाइन्सको जहाज दुबई उड्दा भने कार्गो बोकेर गएको थियो ।

सरकारले नेपालमा होटेलको व्यवस्थापन नभएको भन्दै यात्रु लिन दुबई पुगेको नेपाल एयरलाइन्सको जहाजलाई रित्तै फर्काएको थियो । यस घटनाको आलोचनापछि सरकारले पुनः उद्धार उडान थाल्ने बताएको छ । यद्यपी नयाँ तालिका भने बनिसकेको छैन । दुबईमा रोकिएका नेपालीलाई लिन मात्र अहिले अनुमति मिलेको बताइएको छ । आइतबार नागपुरबाट भोल्गा एयरलाइन्सका जहाज समेत कार्गो बोकेर काठमाडौं आएको छ ।

आइतबार हिमालय एयरलाइन्सका दुई जहाज कुनमिंगका लागि उड्दैछन् । यी जहाजले सोमबार कार्गो लिएर काठमाडौं आउनेछन् । सोमबार यी जहाजबाट लेनमाई एयरलाइन्सले कम्बोडिया र पीटी माई इन्डो एयरलाइन्सले थाइल्याण्डबाट कार्गो उडान गर्नेछन् । आइतबार आन्तरिकतर्फ तारा एयरले लुक्लामा कार्गो उडान गरेको छ । सिता एयरले नेपालगन्जबाट ८ यात्रुलाई काठमाडौं ल्याएको छ । प्रभु हेलीले पोखराबाट ३ यात्रुलाई काठमाडौं ल्याएको छ ।

एयर डाइनेस्टी चढेर तीन यात्रु बिराटनगर गएका थिए । यो हेलीमा एक यात्रु काठमाडौं आएका छन् । मनाङ एयर चार यात्रु बोकेर लुक्ला गएको थियो । फर्कँदा ३ यात्रु लिएर काठमाडौं आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अनलाईनखबर बाट 

कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ सम्पन्न

Previous articleफेरी आयो आशालाग्दो खबर: भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुल्ने, टिकट काट्ने बेलामै होटलको खर्च तिर्नुपर्ने
Next articleनिगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका