कतारबाट घर फर्कंदै हुनुहुन्छ ? कतारका यी अस्पतालमा गराउनुहोस् पीसीआर परीक्षण

कतारबाट घर फर्कंदै हुनुहुन्छ ? कतारका यी अस्पतालमा गराउनुहोस् पीसीआर परीक्षण

काठमाण्डौ – तपाईँ कतारमा हुनुहुन्छ र घर फर्कने टिकट काट्नु भएको छ ? यदि छ भने घर फर्कनलेलाई कोभिड १९ पीसीआर परीक्षण कतार सरकारबाट अनुमति प्राप्त विभिन्न निजी अस्पतालमा गएर गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरुलाई काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्न नपर्ने निर्णय गरेको छ । तर पीसीआर रिपोर्ट नलिइ आएमा काठमाण्डौमा आफ्नै खर्चमा होटल क्वरेण्टीनमा बस्नुपर्छ ।

त्यसैले तोकिएको स्थानमा कोरोनाको पीसीआर परीक्षण गराउन सकिने र नेपाल आइपुग्ने दिनले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएमा विमानस्थलबाट सिधै होम क्वरेण्टीनमा जान पाइनेछ । सरकारले भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडान गर्दैछ भने पीसीआर सहज नभएका देशमा चार्टर्ड उडान भइ नै रहेको छ ।

हिमालय एअरलाइन्सले दोहा काठमाण्डौ आउँदो ३१ अगष्टमा पनि उडान भर्दैैछ । यसअघि टिकट लिएका र दूतावासको सूचीमा परेकाहरुले पुनः प्रमाणित गर्नका लागि सम्बन्धित एअरलाइन्स कम्पनीमा सम्पर्क गर्नुपर्छ । दोहाबाट काठमाण्डौका लागि १४ सय ३० कतारी रियाल भाडा तोकिएको छ ।

आर्थिक जटिलता : हाँक र प्रस्तावित सुधार

Previous articleभरतपुर अस्पताल बाट भागेका कोरोना संक्रमित नुवाकोटमा भेटिए
Next articleसुतिरहेको बेलामा एक्कासी प्रधामन्त्रीको फोन आएपछि ! गुल्मीका यि युटुबर भाईरल भए, ओलीले फोनमा के भने (भिडियो हेर्नुस)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।