निगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका

काठमाडौं, भदौ १६ । नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबारदेखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो ।

जसअनुसार निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२, १४, १९, २१, २६ र २८ सेप्टेम्बरमा दुबई उडान भर्नेछ भने क्वालालम्पुरमा आगामी ६, १३, २० र २७ सेप्टेम्बरमा उडान भर्नेछ ।

त्यसैगरी, हङकङमा आगामी ९ र २३ सेप्टेम्बरमा उडान भर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निगमले नियमित उडान नहुने विभिन्न देशका हवाई गन्तव्यका लागि सेप्टेम्बरको चार्टर उद्धार उडान तालिकासमेत सार्वजनिक गरिएको जनाएको छ । चार्टर उद्धार उडानका लागि निगमले जेद्दामा आगामी ५, ११ र २७ सेप्टेम्बर, दमाममा आगामी ७ सेप्टेम्बर, कुवेतमा १४ सेप्टेम्बरमा उडान भर्नेछ ।

निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२, १४, १९, २१, २६ र २८ सेप्टेम्बरमा दुबई उडान भर्नेछ भने क्वालालम्पुरमा आगामी ६, १३, २० र २७ सेप्टेम्बरमा उडान भर्नेछ ।

यसैगरी, दोहामा आगामी १५, २१, २२, २७ र २९ सेप्टेम्बरमा र रियादमा आगामी १९ सेप्टेम्बरमा नै उडान भर्ने नयाँ तालिका बनाइएको निगमले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।

रत्ननगरको कृषि सेवा केन्द्र परिसरमा वृक्षारोपण
Previous articleश्रम स्वीकृति खुल्यो, अब वैदेशिक राेजगारीमा जान पाइने
Next articleविदेशमा अलपत्र परेका नेपालीलाई प्रतिदिन ८ सयका दरले उद्धार गरिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।