मलाई बच्चाबच्ची भेट्न ठूलो मन छ भन्थे, तर प्लेन कुर्दाकुर्दै युएई मै अस्ताए राम

मलाई बच्चाबच्ची भेट्न ठूलो मन छ भन्थे, तर प्लेन कुर्दाकुर्दै युएईमै अस्ताए राम

काठमाडौँ — रामसजीवन केवटको आयु लामो थिएन । यो कुरा क्याम्ब्रिज मेडिकल तथा रिह्याबिलिटेसन सेन्टरका केस म्यानेजर आस्मा मोहम्मद अली असस्लेहलाई थाहा थियो । उनी जतिसक्दो छिटो केवटलाई आफ्ना परिवारसँग भेटाउन चाहन्थे । ओमसतिया गाउँपालिका–२, रूपन्देहीका ३८ वर्षीय केवट मे २७ मा तवाम अस्पतालमा भर्ना भएका थिए ।

फोक्सोको क्या’न्सर पहिचान भएपछि थप उपचारका लागि जुन ६ देखि क्याम्ब्रिज मेडिकलमा ल्याइएको थियो । त्यहाँ उनले निःशुल्क रूपमा किमो र फिजियोथेरापी पाइरहेका थिए । क्याम्ब्रिज संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीबाट १ सय ८० किमि टाढा अलएनमा पर्छ । अस्पताल प्रशासनको आबुधाबीस्थित नेपाली दूतावाससँग सम्पर्क थिएन । अस्पताल प्रशासनलाई दूतावासमा सिधै सम्पर्क राख्ने अ’ख्तियारी पनि थिएन । लम्बेतान प्रक्रिया पार गर्नुपर्थ्यो ।

असस्लेह केवटलाई जतिसक्दो छिटो नेपाल पठाउन आवश्यक सहजीकरण गरिदिने व्यक्ति खोजिरहेका थिए । एक स्थानीय व्यक्तिले तीन वर्षदेखि अलएनमै कार्यरत काठमाडौं बूढानीलकण्ठका राजन अधिकारीलाई अगस्ट ११ मा अस्पताल लिएर गए । अधिकारी गैरआवासीय नेपाली संघ यूएईका केन्द्रीय सदस्य हुन् । अधिकारीले अस्पताल प्रशासन र केवटलाई भेटे । उनलाई भुइँतलाको ए ००४ नम्बरको कोठामा राखिएको थियो ।

केवट सु’केर बाँसजस्तै भइसकेका थिए । अनुहार ड’ढिसकेको थियो । राम्रोसँग आवाज निस्किएको थिएन । ‘मलाई धेरै रहर छ, घर जान, छोराछोरी स–साना छन् । आऊ आऊ भनेर बोलाइछन्,’ अधिकारीसमक्ष उनले धो’द्रो आवाजमा भने, ‘मलाई बच्चाबच्ची भेट्न ठूलो मन छ ।’

यूएईको क्याम्ब्रिज मेडिकल तथा रिह्याबिलिटेसन सेन्टरमा रामसजीवन केवट । फोक्सोमा क्या’न्सर देखिएपछि उपचार गराइरहेका उनको नेपाल फर्काउन तय गरिएकै दिन (३१ अगस्टमा) मृ’त्यु भएको थियो।

केवट २३ डिसेम्बर २०१८ मा कृषि श्रमिकका रूपमा यूएई पुगेका थिए । मवारिद सर्भिसेस कम्पनी एसएलसीमा गार्डेनर थिए । हरेक महिना ८ सय दिराम (झन्डै २४ हजार रुपैयाँ) तलब आउँथ्यो । त्यही पैसाले ओमसतियामा रहेको घर धानेका थिए । ४ देखि १८ वर्षसम्म रहेका दुई छोरा र तीन छोरीको जीवन चलाएका थिए । अस्पतालले केवटलाई क्या’न्सरले पूरै फो’क्सो खाइ’सकेको जानकारी दिएको थिएन । किमोले उनी ह्वीलचियरमा बस्न सक्ने भएका थिए । ‘म बाँकी जीवन परिवारसँग बिताउन चाहन्छु, त्यतिन्जेल मेरी श्रीमतीले मलाई भाँडा माझेर भए पनि पाल्छ,’ उनले भनेका थिए, ‘म’र्नै परे, गाउँमै मरौं’ला ।’

उनी भन्थे, ‘मलाई नेपाल भने पठाइदिनुपर्‍यो । एयरपोर्टमा लिन दाइ एम्बुलेन्स लिएर आउनुहुन्छ । दाइसँग मेरो बात भइसक्यो ।’ असस्लेहले यात्राका लागि फिट रहेको भन्दै अगस्ट १० मै मेडिकल रिपोर्ट तयार गरिदिए । उडानमा अक्सिजनको पनि जरुरी थिएन । उनलाई पठाउन लाग्ने खर्च ब्य’होर्न मवारिद सर्भिसेस कम्पनी तयार देखियो । अधिकारीले श्रम काउन्सिलर निर्मला थापालाई तत्काल केवटलाई पठाउनुपर्ने भन्दै सहजीकरण गर्न आग्रह गरे । बि’रामीलाई स्ट्रेचरमा लैजानुपर्ने भएकाले हिमालयन, एयर अरेबिया र फ्लाई दुबईमा सम्भ’व थिएन । नेपाल एयरलाइन्सको वाइडबडीमा मात्रै सम्भव थियो । त्यसका लागि एयरलाइन्ससँग अनुमति लिनुपर्थ्यो ।

अगस्ट १८ गते नेपाल एयरलाइन्स वाइडबडी एयरबस काठमाडौंबाट यात्रु लिएर राति यूएई आइपुग्ने खबर आयो । दूतावासले त्यसमै केवटलाई पठाउने तयारी गर्‍यो । दु’र्भाग्य, त्यही दिन दिउँसो कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले यसअघि जारी उडान अनुमति स्थ’गित गरिएको भन्दै दूतावासलाई पत्र पठायो । नेपालबाट यात्रु लिएर गएको नेपाल एयरलाइन्स झन्डै २ सय ६५ यात्रुलाई दुबई विमानस्थलमै छाडेर रि’त्तै फर्क्यो । विमानस्थलमा अल’पत्र यात्रुलाई लिन अगस्ट २३ तारिखमा नेपाल एयरलाइन्स गयो तर केवट आउन पाएनन् ।

त्यसपछि अगस्ट ३१ मा अर्को उडान आउने निश्चित भएपछि कम्पनीले १० हजार ६ सय ६० दिराम (झन्डै तीन लाख ३० हजार रुपैयाँ) को स्ट्रेचरसहितको टिकट काट्यो । मेडिकल रिपोर्टका लागि क्याम्ब्रिजले २७ अगस्टमा तवाम अस्पताल लग्यो । मस्ति’ष्कमा रगत जमेको देखिएपछि अस्पतालले रिकभर नभएसम्म नपठा’उने भनेर रोकिदियो । उडानको टिकट हो’ल्ड भयो । ३१ अगस्ट बिहान केवटले संसारबाट बिदा लिए । ‘जुन दिन पठाउने योजना थियो, त्यही दिन मृ’त्यु भयो,’ अधिकारीले भने, ‘उनको अ’न्तिम इच्छा पनि पूरा गर्न सकेनौं ।’

बिरामी भाइलाई जीवितै काठमाडौंमा भेट्न आतुर जेठा दाइ राम उनको श’वको प्रतीक्षामा छन् । ‘अनेक प्रयासको बाबजुद जिउँदो मान्छे ल्याउन सकिएन, श’वको पर्खाइमा छौं,’ केवटका जेठा दाइ रामले भने, ‘उसलाई भदौ १ गतेको उडानबाट मात्रै ल्याउन दिएको भए परिवारसँग भेट्न पाउँथ्यो । हामीले भेट्न पाउँथ्यौं ।’ होम कार्की/ कान्तिपुर

‘शताब्दी –यात्रा’ गर्ने ‘पण्डित माता’

Previous articleकामदारको हितमा कतारको ऐतिहासिक निर्णय: अब नि:शुल्क कम्पनी बदल्न पाइने
Next articleओमान बाट सलाम एअरको पाँचौ उडान हुँदै, नामलिस्ट पनि आयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।