बाथरुममा ल’डेर घा’ईते भएकी २३ वर्षीय गर्भवती सविनाको अस्पताल घुमाउदा घुमाउदै ग’यो ज्या’न

बाथरुममा ल’डेर घा’ईते भएकी २३ वर्षीय गर्भवती सविनाको अस्पताल घुमाउदा घुमाउदै ग’यो ज्या’न

विराटनगर / ल’डेर घा’इते भएकी मोरङको कानेपोखरी गाउँपालिका–५ की २३ वर्षीया सविना थापा (दर्जी)को उपचार नपा’एकै कारण ज्या’न ग’एको छ । विभिन्न अस्पताल पु¥याउँदा पनि सात महिनाकी गर्भवती रहेकी उनले उपचार पाउन सकि’नन् । मंगलबारराति १० बजेतिर शौचा’लयमा उनी ल’डे’की थिइन् । त’त्काल अवस्था सामान्य रहे पनि भोलिपल्ट स्वास्थ्य ग’म्भीर बन्दै गएपछि परिवारका सदस्यले उनलाई बुधबाररा’ति उपचारका लागि विराटनगर ल्याएका थिए ।

परिवारका सदस्यले नोबेल, विराट शिक्षण, विराट नर्सिङ होम एवं विराटनगर, ग्रीनक्रस, कोशी, सुर’क्षा लगायतका अस्पताल पु¥याए । एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पु¥याए पनि कुनैले उपचार गर्न न’मानेको सविनाकी आमाजू दुर्गा सुन्दासले बताइन् । ‘धेरै अस्पतालहरुले आईसीयू र भेन्टिलेटर न’भएको बहा’ना बनाए,’ उनले भनिन्, ‘कुनैले कोरोना त्रा’सका कारण नयाँ बिरामी भर्ना गर्दैनौं भन्ने जवाफ दिए ।’

कोरोना’का बेला बिरामी ल्याएकोभन्दै कोशी अस्पतालका नर्सहरुले भने ‘ह’प्कीद’प्की गरेको उनको गु’नासो छ । विराटनगरका अस्पतालहरुमा उपचार न’पाएकी सविनालाई बिहीबार बिहान लगभग २ः३० बजेतिर एम्बुलेन्समा राखेर धरा’नस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी दुर्गाले दिइन् । उनका अनुसार भर्ना लिएको प्रतिष्ठानले आ’कस्मिक कक्षमा उपचार थाल्दै प्रसूति कक्षमा रे’फर ग¥यो । तर प्रसूति कक्षमा पु¥याएर उपचार थालेको आधा घण्टा पनि नहुँदै सविनाको मृ’त्यु भएको जानकारी उनले दिइन् ।

सविनाका बुवा चन्द्र थापाले उपचार पाउने आशामा अस्पताल घुमाउँदा घुमाउँदै छोरीले मृ’त्युवरण गर्नु परेको बताए । अस्पतालले लग्ने वित्तिकै उपचारसम्म सुरु गरिदिएको भए बाँच्ने अवस्था रहेकी छोरीले अ’कालमा ज्या’न गुमा’उनु परेको उनको गु’नासो छ । सविनाका श्रीमान भरत दर्जीले पनि उपचारका लागि लागिएका अस्पतालले अ’स्वीकार गर्दा सात महिनाकी गर्भ’वती श्रीमती गुमा’उनु परेको गु’नासो गरे ।

ल’डेर घा’इते भएकी श्रीमतीलाई कोरोनाको बहा’नामा उपचार गर्न न’मान्नु अस्पतालको ग’म्भीर ला’परबाही भएको उनको गुनासो छ । भरतले श्रीमतीको उपचार गर्न नमान्ने सबै अस्पतालविरुद्ध कानुनी लँ’डाइमा जाने तयारीमा आफू रहेको पनि सुनाए । नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले आईसीयू खाली नभए’काले नयाँ बिरामी भर्ना गरेर उपचार गर्न सक्ने अवस्था नभएको बताए । ‘आईसीयूका कारण बिरामीलाई भर्ना लिन सकिएको छैन,’ उनले भने, ‘अर्कातिर कोरोना त्रा’सका कारण नयाँ बिरामीको उपचार गर्न डाक्टर पनि ड’राउँछन् ।’

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मंगलबार मात्रै सबै अस्पतालका सञ्चालक र चिकित्सकलाई छलफलमा बोलाएर उपचार नपा’एर बिरामीको मृ’त्यु भएमा कारबाही अघि बढाउने चेतावनी दिएका थिए । तर त्यसकै पर्सिपल्ट विभिन्न अस्पताल घु’माउँदा घुमाउँदै उपचार नपा’एर घा’इते अवस्थाकी गर्भवतीको ज्या’न ग’एको हो ।

ल’डे’का कारण मृ’त्यु भएकाले सविनाको श’व पो’स्टमार्टमका लागि बिहीबार साँझ उर्लाबारीको मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । ‘कानुनी प्रक्रिया पूरा गरेर घ’टनाको अनुस’न्धान थाल्दै श’व पोस्टमार्टमका लागि लगिएको छ,’ उनले भने, ‘त्यसको रिपोर्ट आइसकेपछि मृ’त्युको कारण खुल्छ ।’ लडेर ग’र्भमा अस’र पुगेका कारण मृ’त्यु भएको हुन सक्ने प्रहरीको आशं’का छ । पाँच वर्षअघि अन्र्तजातीय प्रेम विवाह गरेका सविना र भरतको पहिलो सन्तान चार वर्षकी छोरी छन् । सविनाको माइती झापाको सुरुँगा हो । पूर्वेली न्युज बाट

पाथिभरा जाँदै गरेको जिपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गयो

Previous articleयो साता विदेशमा ३ नेपालीको मृ’त्यु
Next articleसाउदीमा Exit Visa लगाउन आवेदन दिनुभएको छ? तपाईको नाम आयो कि? हेर्नुहोस पुरा नामावली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।