Home Uncategorized समुन्द्रमा पानीजहाज डु’ब्याे, पाँच हजार ८०० गाई म’रे

समुन्द्रमा पानीजहाज डु’ब्याे, पाँच हजार ८०० गाई म’रे

समुन्द्रमा पानीजहाज डु’ब्याे, पाँच हजार ८०० गाई म’रे

न्यूजील्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर गइरहेको एउटा विशाल कार्गो पानीजहाज जापानी समुद्री क्षेत्रमा डु’बेको छ । जापानी उद्धारकर्ताहरुले शुक्रबार चालक दलको दोस्रो व्यक्तिलाई उद्धार गरेका छन् । जापानी तटीय सुरक्षा दलका अधिकारीहरुले सामुद्रिक आँधी तुफा’नका कारण “गल्फ लाइभस्टक १” नामको पानीजहाज बुधबार बिहान डुबेको बताएका छन् ।

उद्धारकर्ताहरुले पूर्वी चीन सागरको अमामी ओशिमा द्वीपको उत्तरपश्चिम करिब १२० किलोमिटरको दूरीमा चालक दलका दोस्रो व्यक्ति अचे’त अवस्थामा फेला पारेका थिए । तर उपचारका लागि अस्पताल भर्ना भएपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

जापानी क्षेत्रीय तटीय सुरक्षा दका प्रवक्ता ताकाहिरो यामादाले समुद्रमा मरे’का गाईहरु तैरिएको देखिएको जानकारी दिए। करिब ११ हजार ९४७ टन वजनको उक्त पानीजहाजमा ४३ जना चालक दलका सदस्य र पाँच हजार ८०० गाई रहेका थिए । उक्त जहाज मध्य अगष्टमा न्यूजील्याण्डबाट चीनको पूर्वी शहर ताङ्शानतर्फ हिँडेको थियो ।

न्यूजील्यान्डका अधिकारीहरुले उक्त दु’र्घटनापछि जिउँदा गाई चीनतर्फ निकासी गर्न तत्कालका लागि बन्द गरिएको र घ’टनाको अ’नुसन्धान शुरु भएको बताएका छन् । उक्त पानीजहाजबाट एक जना चालक दलका सदस्य ४५ वर्षीय फिलिपिनो नागरिक एडभार्डो सारेनोलाई बुधबार उद्धार गरिएको थियो । एडभार्डोले जहाजको एउटा इन्जिन बन्द भएर जहाज रोकिएकै समयमा निकै शक्तिशाली आँ’धीले जहाज हल्लाएको र डुबे’को बताएका छन् ।

एडभार्डोले आफू लाइफज्याकेट लगाएर समुद्रमा हाम फालेको तर अरु साथीहरुका बारेमा आफूलाई केही थाहा नभएको बताएका छन् । पानीजहाजमा ३९ जना फिलिपिनी, दुई जना न्यूजील्यान्ड र दुई जना अस्ट्रेलियाका नागरिक चालक दलका सदस्य रहेको बताइएको छ ।

गाउँगाउँमा पुग्यो ट्र्याक्टर, गोरु पाल्न छोड्दै किसान

Previous articleकोरोनाले ठप्प पढाइ असोजदेखि शुरु हुने शैक्षिकसत्र खेर फाल्न नदिने मन्त्रीको प्रतिबद्धता
Next articleयस्तो आयो हिमालय एअरलाइन्सको चार्टर्ड उडान र नियमित उडानको भाडादर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।