यस्तो आयो हिमालय एअरलाइन्सको चार्टर्ड उडान र नियमित उडानको भाडादर

यस्तो आयो हिमालय एअरलाइन्सको चार्टर्ड उडान र नियमित उडानको भाडादर

काठमाडौं : नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान पुनः संचालन गर्ने निर्णय गरे पश्चात हिमालय एअरलाइन्सले सहजैे पि.सी.आर.उपलब्ध गन्तव्यहरु (छोड्ंछिडं, क्वालालम्पुर र आबुधावीको उडानहरु संचालनगर्न अनुमतिप्राप्त गरेको छ।पि.सी.आर. परिक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्त खण्डहरुमा सरकारको निर्णय अनुरुप नैे चार्टर उडान मार्फत नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहनेछन् ।

उद्घारचार्टर उडान र भाडादर

विदेशमा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन उद्घार उडानहरुको लागि देहायका सरकारद्धारा स्वीकृत भाडादर लागू हुनेछन् । यी भाडाहरु कर र एजेन्सी कमिशन सहितको हो । तसर्थ, यात्रुहरुलाई प्रकाशित भाडा मात्रतिर्न तथा कसैबाट कुनै प्रकारको अतिरिक्त भाडाको मागभएको अवस्थामा तुरुन्त एअरलाइन्स्लाई जानकारी गराउनु हुन अनुरोध छ । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिनेछ ।

नियमित उडानर भाडादर

नियमित उडानहरुका लागि उपलब्ध सीटहरु ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम ९जी. डी. एस.)बाट बुक गर्न सकिनेछ । ट्राभल एजेन्सीहरुले ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम (जी. डी. एस.) बाट सीटहरु बुक गर्न सक्नेछन् । नियमित उडानको भाडादरप्रतिस्पर्धी मूल्यनिर्धारण, उडान अर्थशास्त्र र बजार स्थितिको अध्ययनका साथअन्तर्राष्ट्रिय अभ्यासमाआधारित रहेको छ।

नियमित उडानको भाडादर तालिकामा उपलब्ध छन् । यी दिइएका भाडादर सम्पूर्ण कर सहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन् । ट्राभल एजेन्सीले उपयुत सेवालागू गर्न सक्दछ । कोभिड – १९ महामारीको कारणले भएको बन्दाबन्दीले ५ महिना पछि हिमालय एयरलाइन्स्ले दुवै देशको सुरक्षाप्रोटोकल अनुसरण गर्दै आफ्नो उडान तालिका पुनः सुचारु गरेको छ ।

समस्या समाधानका लागि सत्तापक्षसँग वार्ता गर्न तयार : अध्यक्ष ओली

Previous articleसमुन्द्रमा पानीजहाज डु’ब्याे, पाँच हजार ८०० गाई म’रे
Next articleउडानमा भाडा महंगो भएको होइन, ‘क्लास’ अनुसार भाडादर तय गरिएको हो, नेपाल एअरलाइन्स
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।