साउदी लगायत खा’डी, मलेसिया र दक्षिण कोरियाबाट फर्कन खोज्ने १ लाख २६ हजार, फर्किए ४३ हजार

साउदी लगायत खा’डी, मलेसिया र दक्षिण कोरियाबाट फर्कन खोज्ने १ लाख २६ हजार, फर्किए ४३ हजार

काठमाण्डौ – खा’डीका ६ देश, मलेसिया र दक्षिण कोरियाबाट स्वदेश फर्कन झण्डै १ लाख २६ हजार जनाले स्वदेश फर्किन निवे’दन दिएका छन् । कोरोना म’हामा’री सुरु भएपछि अहिलेसम्म साउदी, कतार, यूएई, कुवेत, ओमान, बहराइन, मलेसिया र दक्षिण कोरियाबाट नेपाल फर्कनका लागि १ लाख २५ हजार ९ सय ६० जनाले नि’वेदन दिएका श्र’म, रोजगार तथा सामाजिक सु’रक्षा मन्त्रालयले जनाएको छ ।

जसमध्ये भदौ २१ गतेसम्ममा ४३ हजार ८ सय ८७ जना स्वदेश फर्किएका छन् । सरकारले भदौ १६ गतेदेखि कोरोनाको पीसीआर परीक्षण सहज भएका देशबाट नियमित उडान सञ्चालन गरेको छ भने साउदी, कुवेत, बहराइन, कतार लगायतका देशबाट भने चार्टर्ड उडानमार्फत नै नेपालीको स्वदेश फिर्ती भइरहेको छ ।

कतारबाट ७ हजार ३४९, ओमानबाट ८११ जना, कुवेतबाट ६ हजार ९ सय ६ जना, कोरियाबाट ११ सय ६५ जना,मलेसियाबाट ९ हजार १८३ जना स्वदेश फर्किएका छन् । यस्तै यूएईबाट ६ हजार ३ सय ७६ जना, साउदी अरेबियाबाट ८ हजार ६ सय ४३ जना र बहराइनबाट ९८० जना स्वदेश फर्किएका छन् । उज्यालो अनलाईन बाट 

 

बिचौलिया हाबी हुँदा बजारमा हरियो तरकारीको मूल्यमा अचाक्ली वृद्धि

Previous articleसाउदीले थप एक महिना निःशुल्क भिसाको अवधि बढाइदियो, घर बिदामा गएकाको पनि म्याद थप हुने
Next articleकतारमा न्युनतम तलब एक हजार रियाल; आउँदो मार्चदेखि कार्यान्वयनमा आउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।