साउदीले थप एक महिना निःशुल्क भिसाको अवधि बढाइदियो, घर बिदामा गएकाको पनि म्याद थप हुने

साउदीले थप एक महिना निःशुल्क भिसाको अवधि बढाइदियो, घर बिदामा गएकाको पनि म्याद थप हुने

काठमाण्डौ – साउदीले आप्रवासी श्रमिकको भिसा र रेसिडेन्सी परमिट (बसोबासको अनुमति) थप एक महिना बढाइदिने भएको छ । साउदीको पासपोर्ट विभागले कोरोना महामारीका कारण साउदी बाहिर रहेका र साउदीमै रहेका आप्रवासी श्रमिकको भिसा अवधि थप एक महिना निःशुल्क बढाइदिएको अरब न्युजले खबर लेखेको छ । यो अवधि स्वत: स्फूर्त लागू हुनेछ ।

यो नियम भिसा र रेसिडेन्सी परमिट कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान र सिमाहरु बन्द भएका कारण तोकिएको समयमा देश छाड्न र साउदी फर्कन नपाएका आप्रवासी श्रमिकको हकमा मात्र लागू हुने साउदीले जनाएको छ । कोरोना महामारीभन्दा अघि नै भिसाको अवधि सकिएर गैरकानुनी भएकाको हकमा भने यो नियम लागू हुने छैन । यो नियम लेबर र घरेलु कामदार दुवैको हकमा लागू हुनेछ ।

साउदीबाट बिदामा आफ्नो देश गएका तर महामारीका कारण फर्कन नपाएका नेपालीसहित सबै विदेशी श्रमिकले यो नियमबाट फाइदा लिन सक्नेछन् । यस्तै साउदीले फाइन एक्जिट भिसाको अवधि पनि निःशुल्क एक महिना बढाएको छ । यो अवधि सेप्टेम्बर ३० सम्म कायम हुनेछ ।

मिटरब्याज पीडितलाई न्याय दिलाइ छाड्छौँ: उपप्रधानमन्त्री श्रेष्ठ

Previous articleउडान कम भएपछी ओभरस्टे जरीवाना तिर्दै नेपाली श्रमिक: जति बस्यो उति बढ्दै जरिवाना रकम
Next articleसाउदी लगायत खा’डी, मलेसिया र दक्षिण कोरियाबाट फर्कन खोज्ने १ लाख २६ हजार, फर्किए ४३ हजार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।