किसानको पिडामा जनप्रतिनिधिको मलम; वडा कार्यालयले बाढ्यो किसानलाई मल

किसानको पिडामा जनप्रतिनिधिको मलम; वडा कार्यालयले बाढ्यो किसानलाई मल

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १६ ले वडा भित्रका किसानहरुलाई युरिया मल वितरण गरेको छ । बजारमा युरिया मलको चरम अभाब भएपछि स्थानीय सरकारको रुपमा रहेको वडा कार्यालयले वडाबासी किसानहरुलाई दामासायीमा मल वितरण गरेको हो । पाँच,दश किलो मल लिन घन्टौं लाइनमा बस्नु पर्ने अबस्था आएपछि वडा कार्यालयले मल खरिद गरेर किसानलाई वितरण गरेको वडाध्यक्ष हेमराज थापाले बताए ।

वडा कार्यालयले किनेर ल्याएकै मुल्यमा किसानहरुलाई मल वितरण गरेको उनले बताए । पहिलो चरणमा एक हजार किसानलाई १०० बोरो मल वितरण गरिएको छ । दोश्रो चरणमा शनिवार ४५ बोरा मल २०० जना किसानलाई वितरण गरिएको वडाध्यक्ष थापाले बताए ।

पहिलो चरणमा टोल विकास संस्थासंग सहकार्य गरी टोल टोलमै मल वितरण गरिएको र शनिवार वडा कार्यालयमै सामाजिक दुरी कायम गरी मल वितरण गरिएको हो । कामना बचत तथा ऋण सहकारीको मल डिपोबाट खरिद गरेर वडा कार्यालयले किसानलाई दिएको हो । प्रतिकिलो १८ रुपैयामा किनेर सोही मुल्यमा किसानलाएै वितरण गरिएको वडाकार्यालयले जनाएको छ ।

आगामी वर्ष प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने : मन्त्री शर्मा

Previous articleराजा विरेन्द्रले चड्ने प्लेन रा’तीको समयमा अ’चानक कसले किन ल्यायो सडकमा?
Next articleवैदेशीक रोजगारीको द’र्दनाक दृश्य : जाँदा आकाशमा फर्किँदै बाकसमा, साउदीबाट मात्रै ६० श’व आउन बाँकी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।