ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक नेपालीको मृत्यु

संयुक्त अरब इमिरेट्स (यूएई)मा ग्याँस सिलिण्डर पड्किँदा एक नेपालीसहित पाँच जनाको मृत्यु भएको छ । अबुधाबीस्थित एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर सिलिण्डर पड्किँदा गोरखाका सरन कुँवरको मृत्यु भएको हो ।

घटनामा कुँवरको सहित पाँच जनाको ज्यान गएको जनाइएको छ । दुर्घटनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रीलंकाका नागरिकको मृत्यु भएको सम्बन्धित देशका दूतावासहरुले बिज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भैरहेकोले आवश्यक कानुनी प्रकृया पूरा गरेर मृतकको शव नेपाल पठाइने यूएइस्थित नेपाली दूतावासले जनाएको छ । मृतक कुँवर दुई वर्षदेखि यूएइमा कार्यरत थिए ।

सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित

Previous articleवैदेशीक रोजगारीको द’र्दनाक दृश्य : जाँदा आकाशमा फर्किँदै बाकसमा, साउदीबाट मात्रै ६० श’व आउन बाँकी
Next article२२,२४ र २५ सेक्टेम्बरमा कतार बाट उडान हुँदै; नामलिस्ट सहित दुताबासको सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।