वैदेशीक रोजगारीको द’र्दनाक दृश्य : जाँदा आकाशमा फर्किँदै बाकसमा, साउदीबाट मात्रै ६० श’व आउन बाँकी

वैदेशीक रोजगारीको द’र्दनाक दृश्य : जाँदा आकाशमा फर्किँदै बाकसमा, साउदीबाट मात्रै ६० श’व आउन बाँकी

काठमाडौं – सबैलाई रहर हुन्छ – एकछाक मिठोमसिनो खान पुगिदिए, परिवारसँगै रमाएर बस्न पाए, रोग लाग्दा सहजै स्वास्थ्यउपचार गर्न पाए, छोराछोरीलाई उचित किसीमको शिक्षदिक्षा लालनपालन गर्न पाए ! तर नेपाली यूवाहरुले स्वदेशमा काम गर्ने उचित वातावरणको अ’भावमा यी सामान्य रहरहरु पूरा गर्न वैदेशीक रोजगारीमा जानुपरेको छ । परदेशी जीवन एका’ध मानिसहरुको बाहेक सोचेजस्तो कहाँ हुन्छ र ?

अनेकौँ सपनाकाबीच पोैँठेजोरी खेल्दाखेल्दै जीवनको ईहलिला कतिबेला समाप्त हुन्छ थाहै नहुने । त्यतिमात्रै होईन मृ’त्युपछि श’व नेपाल ल्याउन अर्को झ’मेला आईपर्छ । सुन्दर सपना देखेर परदेशीएका आफ्ना आफन्त कहिल्यै नफर्किने गरी बिदा गर्नुपर्दाको अ’सह्य पी’डाबोध त छँदैछ । त्यसमाथि श’व स्वदेश नआउँदाको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ । हो, विदेशी भूमिका नेपालीको श’व कैयौँ दिनसम्म अ’लपत्र पर्छ ।

यसैबीच साउदीस्थित नेपाली राजदूताबासका अनुसार साउदी अरबमा कोरोना लगायत अन्य विभिन्न कारणले मृ’त्यु भएका ६० जना नेपालीको श’व नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिंह राजपुतले ती श’व नेपाल पठाउने प्रक्रियामा रहेको जानकारी दिएको एनआरएनएले जनाएको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको कोरोनाको कारण मृ’त्यु भएको छ । योसँगै साउदी अरबमा मात्रै संक्र’मणका कारण नि’धन हुने नेपालीको संख्या ५२ जना पुगेको छ ।

विदेशका विभिन्न १६ देशमा हिजो शनिवार साँझसम्म कोरोना संक्र’मणका कारण मात्रै मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको एनआरएनए स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले बताए । कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गु’माएका छन् । कोरोना महामारीकै बीच हालसम्म विभिन्न कारणले विदेशमा निध’न भएका ३ सय जना नेपालीहरुको श’व नेपाल ल्याइएको छ ।

काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने

Previous articleकिसानको पिडामा जनप्रतिनिधिको मलम; वडा कार्यालयले बाढ्यो किसानलाई मल
Next articleग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक नेपालीको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।