टिकट काट्ने एजेन्ट, एअरलाइन्स र नेपाल जाने यात्रुहरुलाई नेपाली दुताबास रियादको सुचना
उज्यालो नेपाल भाद्र ३० काठमाडौँ- साउदीको रियादमा रहेको नेपाली दुताबासले आगामी दिनहरुमा साउदीको रियाद र दम्माम बाट हुने नेपाल एअरलाइन्स र हिमालय एअर को उडान सम्बन्धमा सम्बन्धित एअरलाइन्स, एअरलाइन्सका साउदीमा रहेका प्रतिनिधि तथा सर्वसाधारणका लागी अत्यन्त जरुरी सूचना जारी गरेको छ ! यदि तपाई यो सुचना पढ्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो सूचनालाई अवश्य शे-यर गरिदिनुहोला! दुताबासको सुचना यस्तो छ!

आगामी दिनहरुमा रियाद र दमाम बाट हुने चार्टर उडान सम्बन्धमा सम्बन्धित एअरलाइन्स र प्रतिनिधि तथा सर्वसाधारणहरुलाई राजदूतावासको अनुरोध
कोरोना संक्रमणको असहज परिस्थितिमा साउदी अरबबाट सेप्टेम्बर महिनामा स्वदेश फर्कने नेपालीहरुका लागि हुने उडान सम्बन्धमा निम्न विषयहरुमा ध्यान दिनुहुन नेपाल एअरलाइन्स, हिमालय एयरलाइन्स र प्रतिनिधि तथा सर्वसाधारण नेपाली सर्वसाधारणहरुलाई नेपाली राजदूतावास अनुरोध गर्दछ!

१. रियाद र दमामस्थित नेपाल एअरलाइन्स र हिमालय एयरलाइन्सका स्टेसन तथा ticketing प्रतिनिधिले नियमितरुपमा कार्यालय खोलेर र टेलिफोन उठाएर उडान सम्बन्धी जिज्ञासा र गुनासाहरु सम्बोधन गरिदिनुहुन अनुरोध छ!
२.चार्टर्ड उडानको लागि राजदूतावासले प्राथमिकताका आधारमा यात्रुहरूको सूची नियमित रुपमा उपलब्ध गराउँदै आएको छ! राजदूतावासबाट विभिन्न मितिमा प्रकाशित सूचीमा नाम आएका भन्दा बाहिरबाट टिकट बिक्री गर्न पाइने छैन!

३. टिकट काउन्टर एयरपोर्ट लगायतका स्थानहरुमा जनस्वास्थ्य सम्बन्धी सावधानीका प्रोटोकलहरु कायम गर्नुपर्ने, मास्क अनिबार्य लगाउनुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, जमघट गर्न नपाइने सम्बन्धमा यात्रुलाई सचेत गराई दिनुहुन पनि टिकेटिंग प्रतिनिधिलाई अनुरोध छ!
४. PCR भएका चार्टड उडानबाट जाने यात्रुहरु को सम्बन्धमा: सबै यात्रुहरुले उडान समयको ७२ घण्टा भित्रको PCR Negative भएको प्रमाण साथमा राख्नु पर्ने बाध्यात्मक अवस्था सम्बन्धमा विशेष ध्यान दिई सोहीअनुसार टिकट जारी गरी बोडिङ समयमा पूर्ण रुपमा अनुगमन गर्नु हुन अनुरोध छ! PCR भएकाहरु मात्र जाने गरी तय भएका चार्टड उडानबाट कुनै एकजना मात्र पनि PCR नभएको यात्रु सवार भएमा उक्त उडानका सम्पूर्ण यात्रुहरु अनिवार्यरुपमा होटल क्वारेन्टाइनमा जानुपर्ने सम्बन्धमा सम्बन्धित एअरलाइन्स र प्रतिनिधिलाई जानकारी नै छ !

५. PCR भएका चार्टर्ड उडानबाट विभिन्न कम्पनीहरु बाट जाने कामदारहरूको अनिवार्य PCR गर्ने सम्बन्धमा सम्बन्धित कम्पनीले गरेको प्रतिबद्धताको आधिकारिक पत्र राजदूतावासले एअरलाइन्सहरुमा समेत पठाउने छ ! कम्पनीले गरेका प्रतिबद्धता अनुसार हरेक यात्रुको PCR परीक्षणको Negative प्रमाणपत्र पेश नगरेमा उक्त कम्पनीका यात्रुले उडान गर्न नपाउने!

६. PCR नभएका चार्टर्ड उडानबाट जाने यात्रुहरूको सम्बन्धमा: व्यक्तिगत रुपमा जाने यात्रुहरुले RDT लगायत टेस्ट गर्न नलगाउनु हुन अनुरोध छ! PCR नभएको चार्टर्ड उडान बाट नेपाल जाने यात्रुहरुले सात दिन अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने जानकारी र सो बापत लाग्ने रकम प्रष्टरुपमा यात्रुलाई बुझाइदिनु हुन अनुरोध छ! सरकारले होटल क्वारेन्टाइनमा बस्नुपर्ने यात्रुहरुको हकमा कम्तीमा सात दिनको hotel को खर्च उठाउने र होटल भुक्तानी गर्ने जिम्मा सम्बन्धित एअरलाइन्सलाई जुन होटलका लागि भनेर होटल क्वारेन्टाइनको रकम यात्रु बाट लिइन्छ सोको रसिद अनिवार्यरुपमा दिनुहुन अनुरोध छ!

७. नेपाल सरकारबाट हुने उडानहरु को तालिका प्राप्त हुनासाथ नेपाली दूतावासले आफ्नो फेसबुक पेजमा प्रकाशित गर्ने र सोको जानकारी airlines का स्टेसन र ticketing प्रतिनिधिलाई हुने भएकाले उडान तालिका र मिति आदिका बारेमा जिज्ञासा राख्दै नेपालीहरुलाई नेपाली राजदूतावासको सूचनालाई आधारमानी जानकारी दिन र बाँकी अपडेट का लागि नेपाली दूतावासको सूचना पर्खन अनुरोध गरि दिनुहुन अनुरोध छ!

८. टिकट को लागि सर्वसाधारणले सम्पर्क गर्ने गरी राजदूतावासले नेपाल एअरलाइन्स र हिमालय एयरलाइन्सका प्रतिनिधिहरूको टेलिफोन नम्बर र इमेल ठेगाना पटकपटक प्रकाशित गर्दै आइरहेको छ! तसर्थ दुताबासले उल्लेख गरेको आधिकारिक प्रतिनिधिहरुबाट मात्र टिकट खरिद गर्नुहुन सर्वसाधारण सबैमा नेपाली राजदूतावास अनुरोध गर्दछ! राजदूतावासको सूचनालाई व्यवस्था गरी गै’रकानुनी व्यक्ति, स्थान वा एजेन्सीबाट टिकट खरिद गर्ने गरी भुक्तानी गरेमा व्यक्ति स्वयं जिम्मेवार हुने समेत अनुरोध छ!

९. दुताबासले प्रकाशित गरेको सूचीका नेपालीहरूको टिकट जारी गर्दा बहिर्गमन भिसा Expire भइसकेका वा भिषा expire हुनेहरुलाई प्राथमिकता दिनुहुन अनुरोध छ! नेपाली दुताबास, रियाद, २९ भदौ २०७७



