विदेशमा अल’पत्र नेपालीको उद्धार एक महिनामा सक्न सरकारलाई नि’र्देशन
काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अल’पत्र परेका नेपालीलाई अबको एक महिनाभित्र उद्धार गरिसक्न सरकारलाई निर्दे’शन दिएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्र मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले विदेशमा अ’लपत्र नेपालीको उद्धारमा ढि’लाइ नगर्न निर्दे’शन दिएको हो ।


‘अ’लप’त्र अवस्थामा रहेका श्रमिकलाई कम्तीमा एक महिनाभित्र उद्धार कार्य सम्पन्न गर्ने व्यवस्थित कार्ययोजना निर्माण गरी हाल अल’पत्र अवस्थामा परेका नेपालीहरुलाई ल्याउने कार्य तत्काल आर’म्भ गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई नि’र्देशन दिने’ समितिले आइतकार निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को म’हामा’रीका कारण विदेशमा अल’पत्र परेका ६८ हजार ३४७ जना तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार उद्धार गर्नुपर्नेमा सबैभन्दा धेर युएईमा छन् । युएईका ४७ हजार नेपालीले स्वदेश फर्कने इच्छा गरेकामा ३० हजार ७६ जनालाई ल्याउन बाँकी छ । साउदी अरेबियाबाट १३ हजार २१५, कतारबाट ११ हजार ३३२, कुवेतबाट ३ हजार ४२३, मलेसियाबाट ७ हजार १८३ नेपालीहरु तत्काल उद्धार गर्नुपर्ने अवस्थामा छन् । सरकारले गत जेठदेखि विदेशमा सम’स्यामा परेका नेपालीको उद्धार सुरु गरेको थियो । हालसम्म विदेशमा अ’लपत्र परेका ६१ हजार ७१० जना नेपाली स्वदेश फर्किएका छन् ।

संसदीय समितिले विदेशमा अप्ठे’रोमा परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रभाव’कारी काम नगरेको निश्कर्ष निकालेको छ । सभापति बिमलप्रसाद श्रीवास्तवले सरकारी निकायहरुबाट प्रभावकारी कार्यसम्पादन हुन नसकेकामा समितिको ग’म्भीर ध्या’नाकर्षण भएको बताए । नेपालीको उद्धारका लागि आवश्यक उडान व्यवस्थापन गर्न एयरलाइन्सहरुसँग बेलैमा समन्वय गर्न पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि समितिले निर्दे’श गरेको छ ।

समितिले विदेशबाट नेपाली श्रमिक ल्याउँदा विदेशी एयरलाइन्सले उडान नभ’र्ने साउदी अरेबियाजस्ता देशमा नेपाली वायुसेवा कम्पनीलाई जिम्मा दिन र अरु देशमा जुन एयरलाइन्सबाट ल्याउँदा छिटो र सजिलो हुन्छ त्यसैलाई प्राथमिकता दिन पनि सरकारलाई निर्दे’शन दिएको छ । यस्तै, समितिले विदेशबाट उद्धार गरी ल्याइएकाहरुलाई क्वारेन्टिनमा राख्ने, सम्बन्धित प्रदेश र स्थानीय तहहरुमा पठाउन सहकार्य गर्न श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयलाई निर्दे’शन दिएको छ ।

बैठकमा सांसदहरुले विदेशमा अप्ठे’रोमा परेका नेपालीलाई फर्काउन सरकारले सम्बन्धित देशका नेपाली दूतावाससँग समन्वय नग’रेको आ’रोप लगाए ।
किन भयो ढिलाई ?
सरकारले गत जेठदेखि नै विदेशमा अप्ठे’रोमा परेका नेपाली उद्धार गर्न थाले पनि काम ज्यादै सु’स्त भएको छ । सरकारले कोटा तो’केर दिनमा ५ सय वा ८ सय जना मात्र ल्याउँदै आएको छ । अहिलेसम्म किन उद्धार गरिएन भन्ने सांसदहरुले प्रश्नमा परराष्ट्रका सहसचिव घिमिरेले हवाई उडानको सम’स्याका कारण ढि’लाइ भएको बताए । केही दिनअघि साउदीमा प्रधानमन्त्री केपी शर्मा ओलीकै नाम लिएर नेपालीहरुले नाराबाजी गरेका थिए । नेपाल सरकारले उद्धार गर्ला–गर्ला भनेर आश गरेर बसेकाहरुमा धै’र्यताको बाँ’ध फु’टेर त्यस्तो हुन गएको घिमिरेले बताए ।

तर, त्यसले नेपाल सरकारलाई थप दबा’ब परेको र तत्काल उद्धारका लागि थप कदम चाल्न बा’ध्य पारेको घिमिरेको भनाइ छ । पछिल्लो समय नेपाल सरकारले नेपाली उद्धार गर्नुपर्ने देशमा नियमित हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । आवश्यकताका आधारमा बिभिन्न देशमा उडान गर्ने भनिएको छ । यो किन कार्यान्वयन नभएको ? भन्दै सांसदहरुले प्रश्न उठाएका थिए । जवाफमा श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आफूहरु कार्यान्वयनको चरणमा रहेको बताए ।


