बहराइनका राजकुमार हिमाल आरोहण गर्न नेपाल आइपुगे

बहराइनका राजकुमार हिमाल आरोहण गर्न नेपाल आइपुगे, राजकुमारसहितको १८ जनाको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने

काठमाडौँ — खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न बहराइनबाट त्यहाँको राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार, यो टोली बहराइनको शेख ईशा एयरबेसबाट राति साढे १२ बजे विशेष विमानबाट नेपालका लागि प्रस्थान गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहित १८ जनाको टोली ल्याएको उक्त विमान बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको थियो । यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

यो आरोहणको जिम्मा लिने सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्‍मा शेर्पाका अनुसार, राजकुमार खलिफाको टोली ल्याएर आएको विमान एभ्रो विमान बुधबार नै बहराइन फर्किने छ । शेर्पाका अनुसार, यो टोली ६ दिन गोकर्ण फरेस्ट रिसोर्टको होटल क्वारेन्टाइनमा बस्ने छन । त्यसपछि यी १८ जना काठमाडौंबाट लुक्लासम्म हेलिकप्टर र जहाजबाट जानेछन् । त्यहाँबाट लोबुचे हिमालको आधार शिविरसम्म पदायात्रा गर्नेछन् ।

दूतावासका अनुसार, यो टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक छन् । पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीका अनुसार, यो टोलीले करिब २ महिना नेपाल बिताउने छ । दुइटा हिमाल आरोहण गरेपछि अर्को वर्षको वसन्तकालीन यामममा सगरमाथा आरोहण गर्ने टोलीको मुख्य लक्ष्य रहेको छ । सीईओ रेग्मीले यो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीका रुपमा आरोहण गर्न लागेको बताए ।

सीईओ रेग्मीले कोभिड–१९ का कारण सुस्ताएको नेपालको पर्यटन बजारलाई यो हिमाल आरोहण अभियानले मध्यपूर्वलगायत संसारभर प्रचारमा सहयोग पुर्‍याउने बताए ।

विमान अपहरणको कथामा चलचित्र बन्ने

Previous article‘भाडा नबढाऊ तर पूरै सिटमा यात्रु राखेर जहाज उडाउन पाउनुपर्छ’
Next articleविदेशमा अल’पत्र नेपालीको उद्धार एक महिनामा सक्न सरकारलाई नि’र्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।