साउदीमा कोरोनाबाट ६६ जना नेपालीको मृ’त्यु, ४४ सय संक्रमित
विश्वभर फैलिएको कोभिड १९ को संक्रमणबाट साउदी अरेबियामा कार्यरत ६६ जना नेपालीको मृ’त्यु भएको छ भने ४ हजार ४ सय सं’क्रमित भएका छन्। साउदी जेद्धा वाणिज्य दुतावास कन्सुल भूवन पौड्यालका अनुसार जेद्धा रिजनमा कोरोनाबाट हालसम्म १४ जना नेपालीको मृ’त्यु भएको छ। दुतावास रियादले ५२ जना नेपालीको कोरोनाबाट मृ’त्यु भएको जानकारी गराएको छ।
(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

साउदीमा कोरोना संक्रमणबाट रोजगार गुमाएर वा कन्ट्याक्ट सकाएर स्वदेश फिर्ताको लागि तयार रहेका नेपाली निकै सम’स्यामा परेका छन्। स्वदेश फिर्ताको लागि नेपाली दुतावासबाट नामावली सार्वजनिक हुनुपर्ने, समयमा हवाई उडान नहुने, हवाई टिकट मुल्य साविकभन्दा बढी तिर्नुपर्ने, ट्राभल एजेन्सीले सही समय व्यवस्थापन न’गरिदिने, एयरलाइन्स अनुसार पीसीआर रिपोर्ट उपलब्ध गराउनु पर्ने आदि विविध झ’नझ’टिलो प्रक्रियाले निरा’श भएका छन्।

वाणिज्य दुतावास जेद्धाका अनुसार स्वदेश फिर्ताको लागि तत्काल २ हजार ६ सय नेपाली तयार रहनुको साथै सेप्टेम्बर महिनामा जेद्धा शहरबाट ३ उडान हुनेछ भने ७ सय ७० जना स्वदेश फिर्ता हुने खबर आजको अन्नपूर्ण पोस्टमा साउदी अरेबियाबाट विष्णु घिमिरेले लेखेका छन।


