साउदी बाट छुट्टी आउनुभएको छ र फर्कन चाहनुहुन्छ? साउदी जान के के गर्नुपर्छ??
साउदी सरकारले पनि बिदामा रहेका आप्रवासी श्रमिकलाई प्रवेश खुल्ला गर्ने बताएको छ । बिदामा घर आउनुभएका वा पुनः आगमन(रि–इन्ट्रि) भिसामा आएकाहरु अब साउदी फर्कन चाहेमा जान सक्नेछन् । तर कम्पनीले साउदी जान अनुमति दिएको कागजात(नो अब्जेक्सन लेटर) कम्पनीबाट लिनुपर्छ ।
(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

कम्पनीले यो लेटर नदिएको खण्डमा पुनः आगमनको भिसा भए पनि यात्रा नगर्न साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । बिदामा साउदी गएका वा पुनः आगमन भिसा भएका तर नेपाल सरकार, वैदेशिक रोजगार कार्यालयले प्रदान गरेको श्रम स्वीकृतिको म्याद सकिन लागेकाहरुले श्रम स्वीकृति लिएर मात्र यात्रा गर्नुपर्छ ।

त्यसका लागि रोजगारदाता कम्पनीले काममा फर्कन अनुमति दिएको कागजात (नो अब्जे’क्सन लेटर) कम्पनीको आधिकारिक इमेलबाट वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनु पर्नेछ । यो प्रक्रिया र कागजात पूरा गरेपछि साउदी पुग्नेदिनको ४८ घण्टा भित्रको समय रहने गरी नेपाल सरकारको अनुमति प्राप्त स्वास्थ्य संस्था वा प्रयोगशालाबाट कोरोना परीक्षण गर्न पर्छ ।

पीसीआर नेगे’टिभ रहेको रिपोर्ट बोर्डिङको समयमा र साउदी विमानस्थलमा आगमनको समयमा देखाउनुपर्छ । साउदी जाने यात्रुले साउदी कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धमा अपनाएका स्वास्थ्य सम्बन्धी सबै व्यवस्थाहरु पालना गर्नेछु भनेर विमानस्थलमा आएपछि कागजातमा हस्ताक्षर गर्नु पर्नेछ ।

यस्तै साउदी सरकारका सम्बन्धित निकायहरुबाट प्राप्त जानकारी अनुसार अकामा वा भिसाको म्याद सकिएकाहरुको हकमा यही सेम्टेम्बर ३० सम्म भिसा र अकामाको अवधि स्वत नवीकरण हुनेछ । नयाँ रोजगारीका लागि जान चाहनेका लागि भने साउदीले पनि प्रष्ट भनेको छैन । कोरोना महामारी कायमै रहेको र अर्थतन्त्रमा अझैं पनि नराम्रोसँग प्रभाव परेकाले नयाँ श्रमिकको माग बारे यसै भन्न सकिने अवस्था छैन ।


