रत्ननगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गयो

चितवनको रत्ननगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको रत्ननगर नगरपालिका–१४ घोलचोकस्थित भित्री सडक खण्डमा शनिबार साँझ टाँडीबाट भट्टचोकतर्फ आउँदै गरेको ग ८ प २००८ नम्बरको मोटरसाइकलले पैदलयात्री रत्ननगर–१४ बस्ने अन्दाजी ७५ वर्षीया कृष्ण माया मगरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि तत्काल बकुलहर अस्पताल टाँडी लगिएको थियो । उपचारकै क्रममा साँझ ७:२२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

मृतकको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र चालक रत्ननगर–१५ बस्ने अन्दाजी ४५ वर्षीय सगुन पण्डितलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Previous articleचितवनमा १७ वर्षीया भान्जीलाई बलात्कार गर्ने मामाविरुद्ध मुद्दा, किशोरी ६ महिनाको गर्भवती
Next articleएसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी