२७ सेक्टेम्बरमा कतार बाट हिमालय एअरलाइन्सको उडान हुँदै; नामलिस्ट सहित दुताबासको सुचना

२७ सेक्टेम्बरमा कतार बाट हि हिमालय एअरलाइन्सको उडान हुँदै; नामलिस्ट सहित दुताबासको सुचना

उज्यालो नेपाल ०८ असोज- कोरोनाबाट प्रभावित कतारका नेपाली बोकेर हिमालय एयरलाईन्सको जहाज २७ सेक्टेम्बरमा नेपाल आउने भएको छ । कोरोना संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि हिमालय एयरलाईन्स अर्को उडान २७ सेक्टेम्बरमा गर्ने भएको हो । यसबारेमा नेपाली दूतावास कतारले जानकारी गराउँदै २७ सेक्टेम्बरमा उडानका लागि दूतावासले प्रकाशित गरेको प्राथमिकताको सूचीमा नाम भएका तथा विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरुलाई एयरलाईन्सको निम्न आधिकारीक ट्राभल ऐजेन्सीमा यथाशिघ्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

यस्तो छ दुताबासको सुचना

हिमालय एयरलाइन्सका २७ सेप्टेम्बर २०२० को उडानका लागि नामावली

१. हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका, २७ सेप्टेम्बर २०२० को उडानका लागि प्राथमिकता सूचिको नामावली तल अन्तिममा दिईएको छ!

२. साथै,यस अघि नाम प्रकाशित भई विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत टिकट लिन सक्नुहुनेछ ।

३. हवाई टिकटका लागि देहायको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन अनुरोध छ:

Cleopatra Travels, Doha, (D-Ring Road, Building No 51, Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: Tel+974 44435333 Roshanthakur75 @ gmail . com,
Roshan @ cleopatraholidays . com

सूचिमा संलग्न नामहरु कतार सरकारको गृह मन्त्रालयबाट स्वीकृति प्राप्त हुने प्रक्रियामा रहेका र स्वीकृति प्राप्त भएपछि मात्र यात्रा गर्न सकिने छ ।

४.नेपाल सरकारको मिति २०७७/५/४ को निर्णयबमोजिम PCR परीक्षण गरी ७२ घण्टा (समयको गणना SWAB collection गरेदेखि शूरु हुनेछ) भित्रको Covid-19 PCR Negative Certificate लिएका यात्रुले मात्र नेपाल यात्रा गर्न पाईनेछ । यात्रा गर्दा उक्त प्रमाणपत्रको सक्कल साथमा राख्नु पर्नेछ। साथै विमानस्थल चेकिङ्ग काउन्टरका लागि १ प्रति फोटोकपीसमेत साथमा राख्नु पर्नेछ ।

५.PCR Test नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने तथा PCR Test गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने व्यवस्था रहेको छ ।

६ .होटल क्वारेन्टिनको खर्च टिकट काटने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एअरलाईन्सले नै गर्नु पर्नेछ।

७.नेपाल फर्कने प्रयोजनका लागि कतारका तोकिएका निजी अस्पतालबाहेक सरकारी स्वास्थ्य केन्द्रहरुमा कोभिड १९ को PCR Test निशुल्क वा न्यूनतम शुल्कमा गर्न सकिने जानकारी सम्बन्धित सबैमा अनुरोध छ ।

८. PCR Test का लागि कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा समेत सम्पर्क राख्न सकिनेछ। यस्ता प्राईभेट अस्पतालको सूचि निम्नबमोजिम रहेको छ:

९. हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम कतारी रियाल १,४३०/- लाग्नेछ ।

१०. राजदूतावासको प्राथमिकता सूचीमा नाम पर्न वा हवाईटिकट खरिद गर्न थप शूल्क (रकम ) बुझाउनु परेको केही गुनासाहरु प्राप्त भएको सन्दर्भमा यस प्रकारको कुनै शूल्क तिर्नु नपर्ने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।कसैले यस प्रकारको शूल्क वा रकम असुल गरेको पुष्टि भएमा कानूनबमिजम कारवाही गरिनेछ ।

११.सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफुलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट FIT TO FLY CERTIFICATE अनिवार्य साथमा लिएर मात्र विमानस्थल जानुपर्नेछ ।

१२.हवाई उडानका लागि हवाईटिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनिवार्य रुपमा online भरी सो को बारकोडको प्रिन्टेड कपी पनि साथमा लिएर मात्र यात्रा गर्नुहुन अनुरोध छ। फारम भर्ना यंहा क्लिक गर्नुहोला अथवा तलको फोटोमा क्लिक गर्नुहोला!

१३.उक्त एअरलाईन्सको दोहा-काठमाण्डौ सेक्टरका आगामी उडानहरुका लागि प्राथमिकता सूचिको थप नामावली प्रकाशित गर्दै लगिनेछ । नेपाली राजदूतावास, दोहा । २४ सेप्टेम्बर २०२०

प्राथमिकताको आधारमा तयार गरिएको नामावली यस प्रकार छ!

 

सेतीको अवैध दोहनः नदी भागबण्डा गर्दै उत्खनन् गरिंदै

Previous articleविदेश जाने नेपाली चेलीको पिडा: साउदीमा पशुतुल्य व्यवहार, ‘मालिक र मालिकका पाहुनाको खेलौना’ !
Next articleसाउदी अरबद्धारा ३ देशमाथि यात्रा प्रतिबन्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।