विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए, यूएईबाट फर्कनेको सङ्ख्या धेरै

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए, यूएईबाट फर्कनेको सङ्ख्या धेरै

काठमाण्डौ – कोरोनाको कारण उत्पन्न असहज परिस्थितिका बेला विदेशमा अलपत्र परेका ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । महामारी सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका नेपालीहरु विभिन्न चार्टर्ड उडान र भदौं १६ पछि भने केही देशबाट नियमित उडानमार्फत फर्किएका हुन ।कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ देशबाट ८० हजार १६ जना नागरिक मुलुक फर्केका हुन ।

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

स्वदेश फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् । उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा विभिन्न देशमा गएका थिए ।

केन्द्रका अनुसार अहिलेसम्म साउदी अरेबियाबाट १२ हजार ३८१, मलेसियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७, ओमनबाट एक हजार ३२५, बहराइनबाट एक हजार २७४, अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९३६, बङ्गलादेशबाट ८८८, माल्दिभ्सबाट ८५३, सिङ्गापुरबाट ५५५, अमेरिकाबाट ४३०, चीनबाट ३३३ र जोर्डनबाट ३१७ नेपाली स्वदेश फर्केका हुन् ।

स्वदेश फर्कनेमा प्रदेश १ का १४ हजार ६११, प्रदेश २ का १२ हजार तीन, बाग्मती प्रदेशका १८ हजार २६४, गण्डकी प्रदेशका नौ हजार ३०, प्रदेश ५ का ११ हजार ६११, कर्णाली प्रदेशका एक हजार ५२५ र सुदूरपश्चिम प्रदेशका एक हजार ७४५ रहेको केन्द्रले जनाएको छ । फर्कनेमध्ये ११ हजार २२७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) 
Previous articleकतार बाट नियमित उडान सुरु हुँदै, दुताबासको आयो यस्तो सुचना
Next articleअक्टोबर १ देखि कतारबाट दैनिक तीन वटा उडान हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।