अक्टोबर १ देखि कतारबाट दैनिक तीन वटा उडान हुने

अक्टोबर १ देखि कतारबाट दैनिक तीन वटा उडान हुने

कोभिड-१९ का कारण लामो समयदेखि चार्टर्ड उडानमा मात्रै सिमित दोहा काठमाडौंको उडान अब भने नियमितमा परिणत हुने भएको छ । आउने अक्टोबर १ देखि कतारबाट नेपालको लागि दैनिक तीन वटा उडान हुने टुं’गो लागेको छ । जसमा कतार एयरवेज,नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नेपालको लागि दैनिक एक एक वटा उडान भर्नेछ्न् । यस विषयमा कतारस्थित नेपाली दूतावासले पनि सूचना जारी गर्दै नियमित उडान हुने पु’ष्टि गरिसकेको छ । यद्यपि नेपाल जानको लागि अझै पनि केही प्रा’वधा’न भने पूरा गर्नुपर्नेछ ।

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

नेपाल जान गर्नुपर्ने कुराहरु :

१.नेपाल सरकारको निर्णयबमोजिम पिसिआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ ने’गेटिभ सेर्टिफिकेटको सक्कल प्रमाण साथमा राख्नु पर्नेछ ।

२. पिसिआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिनेछ । यस्ता प्राईभेट अस्पतालको सूचि तल हेर्नुहोला ।

 

३. टिकटका लगि सम्बन्धित एयरलाईन्सको ट्राभल एजेन्सीमा सम्पर्क राख्नु सकिनेछ ।

४. हवाई उडानका लागि हवाईटिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनिवार्य रुपमा अनलाइन भरी सो को बारकोडको प्रिन्टेड कपी वा स्क्रिनसट पनि साथमा लिएर मात्र यात्रा गर्नुपर्नेछ । फारम भर्न यहाँ थिच्नुहोस अथवा तलको फोटोमा क्लिक गर्नुहोस  ।

 

५. अक्टोबर १ देखि हुने उडानको लागि दूतावासको फारम भर्नु पर्दैन ।

सफा हुनुपर्छ सार्वजनिक यातायात : मन्त्री ज्वाला

Previous articleविदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए, यूएईबाट फर्कनेको सङ्ख्या धेरै
Next articlePI Network सहितका डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गर्न सिआईबिलाई पत्राचार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।