खाडीका चार देशबाट आज देखि हुँदैछ नियमित उडान, अब घर फर्कन दूतावासको सूचीमा भर पर्न नपर्ने

खाडीका चार देशबाट आज देखि हुँदैछ नियमित उडान, अब घर फर्कन दूतावासको सूचीमा भर पर्न नपर्ने

काठमाण्डौ – खाडीका चार देशबाट आज अर्थात अक्टोबर १ देखि नियमित उडान सुरु हुँदैछ । खाडीको देश साउदी, कतार, कुवेत र ओमानबाट आज देखि नियमित उडान हुने भएको हो । नियमित उडान भएपछि यी देशबाट स्वदेश फर्कन चाहने श्रमिकले सिधै टिकट काटेर घर फर्कन सक्ने दूतावासहरुले जनाएका छन् ।

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

भदौ १६ गतेदेखि मलेसिया र यूएईबाट नियमित उडान भए पनि साउदी, कतार कुवेत लगायतका देशमा पीसीआर परीक्षण सहज नभएको भन्दै यी देशबाट फर्कन खोज्ने नेपालीको लागि चार्टर्ड उडान भइरहेको थियो । तर अब पीसीआर परीक्षण गरेर आउने श्रमिक सिधै होम क्वरेण्टीमा जान पाउनेछन् भने पीसीआर परीक्षण नगरी आएमा काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्नु पर्नेछ । अब स्वदेश फर्कन सिधै सम्बन्धित एअरलाइन्स कम्पनीमा सम्पर्क गरेर टिकट काटी स्वदेश फर्कन पाइन्छ ।

चार्टर्ड उडानमा जस्तो दूतावासको सूची अनुसार फर्कनका लागि कुर्न पर्दैन । आज देखि कतारबाट हिमालय र कतार एअरवेजले दिनमा १, १ उडान भर्दैछन् भने साउदीको रियादबाट, कुवेतको कुवेत सिटीबाट र ओमानबाट पनि नियमित उडान हुनेछ ।

सुन काण्ड: राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग

Previous articleअब साउदी बाट घर फर्कन फारम भर्न नपर्ने, अन्तिम नामलिस्ट आयो
Next articleबझाङमा युट्युबरको आतंक: तिमीलाई …..कसरी गर्‍यो ? भन्दै प्रश्न गर्छन पिडित बालिकालाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।