अब साउदी बाट घर फर्कन फारम भर्न नपर्ने, अन्तिम नामलिस्ट आयो
उज्यालो नेपाल, असोज १४, काठमाडौँ- साउदी बाट नेपाल फर्कन अब फारम भर्न नपर्ने भएको छ! कोरोना संक्रमणको अस’हज परिस्थितिमा रहेका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फिर्ता गर्ने प्रयोजनका लागी साउदीको रियादमा रहेको नेपाली दुताबासले मिति २०७७ वैशाख १५ देखि टेलिफोन तथा अनलाईन मार्फत विवरण संकलन कार्य गरेको थियो! तर अब उडान संख्या प्रसस्तै हुने भएपछी विवरण संकलन कार्य बन्द गरिएको दुताबासले जनाएको छ!

आज एक सुचना जारी गर्दै दुताबासले यस्तो जानकारी दिएको हो! सोहि सुचना संगै दुताबासले प्राथमिकताको आधारमा स्वदेश फिर्ता गर्ने प्रयोजनका लागी विवरण भरेका नेपालीहरुको अन्तिम सुची पनि सार्वजनिक गरेको छ! सुची तपाइले तल अन्तिममा हेर्न सक्नुहुनेछ! यदि तपाई साउदीमै रहनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो सूचनालाई सक्दो शेयर गरिदिनुहोला ! दुताबासको सुचना यस्तो छ!

आगामी दिनहरुमा रियाद तथा दमाम बाट काठमाडौंका लागि हुने उडान हरुबाट स्वदेश फर्काउनका लागि हाल राजदूतावासमा फारम भर्नु भएका नेपालीहरूको नामावली प्रकाशन तथा अनलाइन विवरण संकलन फारम बन्द गरिएको सम्बन्धी सूचना
आगामी दिनहरुमा रियाद तथा दमाम बाट हुने उडानबाट स्वदेश फर्किनका लागि राजदूतावासमा भरम भर्नु भएका नेपालीहरूको नामावली यसै साथ प्रकाशित गरिएको छ! अक्टोबर महिनामा रियाद तथा दमाम बाट धेरै संख्यामा उडान हुने भएका छन् यस दूतावासबाट यसअघि प्रकाशित उडानसम्बन्धी तालिका अतिरिक्त उडान सम्बन्धी अन्य जानकारीको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्नुहुन अनुरोध छ!

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here
टिकटमा जारी गर्दा नेपाली राजदूतावासबाट विभिन्न मितिमा प्रकाशित गरिएका नामावलीमा उल्लेख भएका व्यक्तिहरुलाई प्राथमिकता दिनु हुन र Exit तथा Re-entry Visa भएकाहरुलाई टिकट जारी गर्नु हुन सम्बन्धित एअरलाइन्सहरुलाई अनुरोध छ !

साथै कोरोना संक्रमणको अ’सहज परिस्थितिमा रहेका नेपालीहरुलाई प्राथमिकताको आधारमा सो देश फिर्ता गर्ने प्रयोजनका लागि नेपाली दूतावासले मिति २०७७ बैशाख १५ देखि टेलिफोन तथा अनलाइन मार्फत सञ्चालन गर्दै आएको विवरण संकलन कार्य बन्द गरिएको समेत सबैमा जानकारी गराइन्छ! नेपाली राजदुताबास रियाद १४ असोज २०७७
प्राथमिकताको आधारमा तयार गरिएको नामावली



