Home Uncategorized नेपालबाट फर्किएका ६ जनामा कोरोना पुष्टि भएपछी नेपाल एयरलाइन्सको उडानमा लाग्यो प्रतिबन्ध

नेपालबाट फर्किएका ६ जनामा कोरोना पुष्टि भएपछी नेपाल एयरलाइन्सको उडानमा लाग्यो प्रतिबन्ध

नेपालबाट फर्किएका ६ जनामा कोरोना पुष्टि भएपछी नेपाल एयरलाइन्सको उडानमा लाग्यो प्रतिबन्ध

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

काठमाडौं : हङकङमा सोमवार ११ मध्ये ६ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि त्यहाँको प्रशासनले नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएको छ। सीमा पारवाहक र यात्रुसम्बन्धी रोग रोकथाम तथा नियन्त्रण ऐन बमोजिम प्रतिबन्ध लगाइएको एक अधिकारीले जनाएको द स्टयान्डर्डले उल्लेख गरेको छ।

सोमवार भेटिएका ११ कोरोना भाइरसका संक्रमितमध्ये सात जना देश बाहिरबाट आएका थिए भने ४ जना स्थानीयमा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य संरक्षण केन्द्र अन्तर्गतको सरुवा रोग शाखाकी प्रमुख चुवाङ शुकक्वानले बाहिरबाट आएका संक्रमितमध्ये एक जना (केस ५११५) भारतबाट दुबई हुँदै अक्टोबर ३ मा हङकङ फर्किएका ३१ वर्षीया महिला भएको बताइन्।

त्यस्तै, अन्य ६ जना (केस ५११६-४१२१) सोही दिन नेपालबाट नेपाल एयरलाइन्सको फ्लाइट इके-३८४ बाट हङकङ फर्किएका चार महिला र दुई पुरुष हुन्। चुवाङका अनुसार हङकङ सरकारले दुई हप्ताका लागि नेपाल एयरलाइन्सको विमानलाई प्रतिबन्ध लगाएको छ। ‘यो आदेश अक्टोबर ४ देखि १७ सम्मको लागि लागू हुनेछ,’ उनले भनिन्।

त्यस्तै, चारमध्ये तीन जना स्थानीयको पहिले संक्रमण पुष्टि भएकाहरुसँग सम्बन्ध देखिएको छ। एक जनाको संक्रमणको स्रोत खुल्न सकेको छैन। स्थानीयमध्ये ५५ वर्षीय पुरुष र ३१ वर्षीय महिला (केस ५१२४ र ५१२५) नेपालबाट फर्किएका संक्रमितका आफन्त रहेको बताइएको छ। ‘दुई हप्ताको क्वारेन्टाइनपछि बाहिरबाट आएका यात्रुहरु ती दुई जनाको घरमा गएका थिए, त्यहीबाट संक्रमण सरेको बुझिएको छ’ चुवाङले भनिन्।

कानून कार्यान्वयनमा आएको १६ बर्षपछि सरकारी सूचनाहरु एकै ठाउँबाट प्रवाह गर्ने तयारी

Previous articleघरज्वाईले सालो समेत छोडेनन्, ५ वर्षिय बालकलाई म’लद्वारमा कर’णी गरि ह’त्या
Next articleआज २०७७ साल फाल्गुन ७ गते शुक्रबार ( फेब्रुअरी १९ तारिक) आजको राशिफल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।