काका ससुराबाट लगा’तार ३ महिना ब’ला’त्कार, ब’ला’त्कार गरेर गर्भप’तन गराइएपछि यसरी खु’ल्यो र’हस्य
काठमाडौं असोज १९-ससुरा, श्रीमान् र नन्दे भाइबाट बला’त्कार र ब’र्बर या’तना पाएकी बझाङ सुनकुडाकी २१ वर्षीया युवतीलाई उनकै कान्छा ससुराले पनि लामो समय बला’ त्कार गरेर ग’र्भप’तन गराएको खु’लेको छ ।लगातारको बला’त्का’रका कारण कान्छा ससुराको ग’र्भ रहेपछि जुसमा औ’षधि मिलाएर पिउन दिई ग’र्भप’तनसमेत गराएको उनले बझाङका जनप्रतिनिधिसमक्ष बताएकी छन् । आइतबार बिहान उनलाई भेट्न जिल्ला अस्पताल बझाङ पुगेका प्रतिनिधिसभा सदस्य आशाकुमारी विक र तत्कालीन संविधानसभा सदस्य अफिलाल ओखेडासमक्ष आफ्नो पी’डा पो’ख्दै घ’टनाबारे जानकारी गराएकी हुन् ।
२०७५ कात्तिक ७ गते फुपूसासू नाता पर्ने महिलाले आफू र श्रीमान्लाई बच्चा हुने उपचार गर्न भन्दै बित्थडचिर गाउँपालिकाको सुनकुडा गाउँ ९पी’डित युवतीको घर० बाट धनगढी लगेको युवतीले बताइन् । दुई सातासम्म त्यहाँ उपचार गरेपछि ‘बच्चा नहु’नुमा कसको कम’जोरी हो पत्ता लागेन, यहाँ जाँच गर्ने मेसिन बि’ग्रेको रहेछ, तिमीहरू दिल्ली जाऊ, दाइ उतै हुनुहुन्छ, उतै उपचार गर्नू’ भनेर श्रीमान् र आफूलाई दिल्ली पठाएको उनको भनाइ छ । कात्तिक २१ गते उनीहरूलाई लैजान दिल्लीबाट कान्छा ससुरा आएका थिए ।

धनगढीबाट हिँडेको भोलिपल्ट नै उनीहरू दिल्लीको आनन्द विहार नजिक कान्छा ससुराको कोठामा पुगे । त्यहाँ कान्छी सासू पनि सँगै बस्थिन् । केही दिनसम्म उपचारका लागि भनेर श्रीमान्लाई केही अस्पतालमा जाँच गरिए पनि आफूलाई कतै नलगेको युवतीले बताइन् । एक सातापछि भने कान्छा ससुराले युवतीका श्रीमान्लाई उनको कोठाभन्दा निकै टाढा काम खोजेर उतै बस्ने व्यवस्था गरिदिएका थिए । त्यसपछि कान्छा ससुरारसासू र उनी मात्रै एउटै कोठामा बस्न थाले । ‘सुत्ने कोठा एउटै थियो, ससुरा र सासू खाटमा सुत्थे । ठीक तल भुइँमा मेरो बिस्तरा थियो,’ पी’डित युवतीले भनिन्, ‘श्रीमान् बाहिर बस्न थालेको दोस्रो रात नै सुतेको बेला ससुराले मेरो इज्जत लु’ट्यो । तर सासूले थाहै नपाए जस्तो गरिन्,’ उनले भनिन् ।
बिहान सासूलाई घट’नाबारे सुनाउॅदा ‘यस्तो भइहाल्छ, घरभित्रको कुरा बाहिर भन्नु हुँदैन’ भनेर सामान्य रूपमा लिएको उनले बताइन् । ससुराले भने, ‘यस्तो कुरा कसैलाई भने मा’रेर गा’यब गरिदिने’ ध’म्की’ दिए । ‘दिल्लीमा मेरो चल्छ । यस्तो कुरा कसैलाई भनिस् भने मा’रेर नालीमा फा’ल्दिन्छु । तेरो पोइलाई पनि नभन्नु भनेर ध’म्काए,’ पी’डित युवतीले भनिन् । त्यसपछि उनीमाथिको ब’लात्कार शृंखला लगातार तीन महिनासम्म चल्यो । उनका अनुसार सासू बिउँझै भएको बेला पनि ससुराले इ’ज्जत लु’ट्थे’ । सासू कहिले थाहा नपाए जस्तो गर्थिन्, कहिले हेरेर हाँस्थिन् ।
तीन महिनासम्म महि’नावारी नभएपछि उनलाई ससुराले एक दिन का’लो जु’स खान दिएका थिए । त्यही जुस खाइसकेपछि आफ्नो गर्भ’पत’न भएको थाहा पाएको युवतीले सुनाइन् ।
कान्छा ससुराको ब’र्बर यौ’न शोष’णबाट मु’क्त हुन चाहन्थिन् उनी तर सहयोग गर्ने कोही थिएन । ‘मलाई कु’टपि’टसमेत गरेर धेरै दुः’ख दिन थाले, यहाँ बस्न सक्दिनँ, मेरो बुबा भएको ठाउँ जान चाहन्छु भनेर एक दिन ससुराकी मालि’क्नीसँग रुँदै सबै कुरा सुनाएँ,’ उनले भनिन्, ‘त्यसपछि मालि’क्नीले यसको घर पुर्याउने खर्च म दिन्छु, तुरुन्त यसको बुबाको घरमा पुर्याएर आऊ भनिन् । त्यसपछि मलाई काका ससुराले बझाङ ल्याएका हुन् ।’
बझाङ अस्पतालमा घट’नाको विवरण सुन्दै गरेकी सांसद आशा विकले आँ’सु था’म्न सकिनन् । उनले आफूले यस्तोसम्म हुन सक्छ भनेर कहिले कल्प’ना नगरेको बताइन् । ‘घटना सुन्दा मेरो हातखुट्टा काँ’पे, रिं’गटा लाग्ला जस्तो भयो,’ उनले भनिन्, ‘सुन्नै नसकिने घ’टना यिनले कसरी भो’गिहोलिन् भन्ने कुराले झन् भा’उन्न भएर आयो ।’ पी’डितलाई भेटेलगत्तै सांसद विक र संविधानसभा सदस्य अफिलाल ओखेडाले जिल्ला प्रहरी कार्यालय पुगेर डीएसपीसँग भेटघाट गरेका थिए । ‘यस्तो कहा’लीलाग्दो घ’टनामा संल’ग्न अप’राधीलाई कुनै हालतमा छोड्नु हुन्न भनेर आएका छौं,’ ओखेडाले भने, ‘प्रहरीलाई अनुस’न्धानमा सघाउन केन्द्र र प्रदेशका जनप्रतिनिधिहरूलाई पनि दबा’ब दिनेछौं ।’
पी’डितलाई भेट्न गएका अर्का प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहले आत’तायी प्रकृतिको यो घ’टनाले आफूलाई स्त’ब्ध बनाएको बताए । उनले अप’राधीलाई का’नुनी कठ’घरामा ल्याउन आफूले सक्दो पहल गर्ने बताए । यसैबीच, मा’नसिक रोग विशेषज्ञ र परीक्षण गर्ने प्रविधिको अभा’वमा पी’डित युवतीको उपचारमा स’मस्या भएको जिल्ला अस्पताल बझाङले जनाएको छ । ‘यहाँ उपलब्ध साधनस्रोतको आधारमा हामीले उपचार गरिरहेका छौं । पहिलाभन्दा निकै सुधार पनि भएको छ,’ जिल्ला अस्पताल प्रमुख डा। सन्दीप ओखेडाले भने, ‘उनलाई पूर्ण रूपमा निको पार्नका लागि विशेषज्ञ सेवासहितको उपचार चाहिएको छ । त्यो यहाँ स’म्भव छैन ।’ उनले पी’डितको उपचार र पुनः’स्थापना सँगै गर्न सके राम्रो हुने सुझाव दिए ।
छोरीको न्या’यका लागि भारतमा गर्दै आएको चौकीदारी छोडेर नेपाल आएका उनका काकाले जिल्लाबाहिर लिएर उपचार गराउन सक्ने आफ्नो आर्थिक है’सियत नभएको बताए । ‘यसको घ’टना भएदेखि काम पनि गर्न पाएको छैन । अहिलेसम्म उपचार गर्दा र भारतबाट बझाङ ल्याउँदा भारु दुई लाखभन्दा बढी खर्च भइसक्यो,’ उनले भने, ‘एक लाखजति ऋण परेको छ । बाहिर लिएर उपचार गर्न सक्ने अवस्था छैन ।’ युवतीका बुबा हाल अश’क्त अवस्थामा छन् ।
बुंगल नगरपालिका–२ की ओखेडा द’लित परिवारकी युवतीको तीन वर्षअघि बित्थडचिर गाउँपालिका–७९ का दलि’त युवकसँग बिहे भएको थियो । सानैमा आमाले छा’डेपछि काकाले नै संरक्षण गरी २०७४ असारमा बिहे गराइदिएका हुन् । बच्चा नभएकाले उपचार गर्न भन्दै फेरि श्रीमान्सहित सासूससुरा र नन्दले उनलाई भारत लिएर हिँडे । त्यसपछि उनीमाथि श्रीमान्, ससुरा र उतै रहेका नन्दका श्रीमान्ले ब’ला’त्कारका साथै ब’र्बर या’तना दिन थाले । आफूहरूलाई चि’त्त नबु’झेका बेला नचिनेका मान्छे ल्याएर पैसा लिँदै वे’श्यावृ’त्तिमा लगाउने गरेको उनी बताउँछिन् । त्यो बेला आफ्नै ससुराले समेत उनको ग’र्भप’तन गराएका थिए ।
बच्चा जन्माउनका लागि झा’रफु’क गर्न भन्दै उनीहरूले तमिलनाडुको म’सानघाटसमेत पुर्याएको र म’रेको मान्छेको ह’ड्डी कु’टेर खुवाएको पनि युवतीले बताइन् । ‘रा’ति मलाई नां’गै बनाएर मान्छेको ला’स बोक्ने बा’कसमा राखेर मसा’नघाट लगे,’ उनले भनिन्, ‘त्यहाँ लगेर म’रे’को मान्छेको ‘ह’ड्डी कु’टेर खुवाए । खान्न भन्दा मा’रेर यतै फाल्छु भनेपछि ड’रैड’रले खाएँ ।’ मसा’नघा’टबाट ल्याएको ‘ह’ड्डी घरमा समेत केही दिनसम्म ज’बर्ज’स्ती खान दिएको उनले बताइन् । यसपटक भने उनी भारतीय नागरिकको सहयोगमा काकाको सम्पर्कमा आएकी हुन् । उनै काकाले भदौ पहिलो साता बझाङ ल्याएर उपचार गराइरहेका छन् । कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंहले खबर लेखेका छन् ।
प्रलोभनमा परेर थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह


