Home Uncategorized सस्तो उडान हुँदै, एअर अरेबियाले यति सस्तो मुल्यमा उडान सुरु गर्दै

सस्तो उडान हुँदै, एअर अरेबियाले यति सस्तो मुल्यमा उडान सुरु गर्दै

सस्तो उडान हुँदै, एअर अरेबियाले यति सस्तो मुल्यमा उडान सुरु गर्दै

यूएई – एअर अरेबियाले आबुधाबी – काठमाण्डौ सस्तोमा नयाँ उडानहरु गर्ने भएको छ । एअरलाइन्सले अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो शनिबारदेखि सातामा चार उडान गर्ने भएको हो । एकतर्फी उडानको न्यूनतम भाडादर २ सय १६ डलर अर्थात यो समाचार तयार पार्दाको विनिमय दर अनुसार २५ हजार तीन सय २८ रुपैयाँ तोकिएको एअरलाइन्सले जनाएको छ । यो शुल्क अहिले सबैभन्दा सस्तो हो ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

एअर अरेबियाको एअरबस ए ३२० सोमबार, बुधवार, शुक्रबार र शनिबार बिहान ९ बजे काठमाण्डौका लागि उड्नेछ । दिउँसो ३ बजे नेपाल पुगेर त्यसै दिन जहाज ३ ः ४५ मा आबुधाबी फर्कने छ ।  नेपालले कोरोना महामारीको जोखिमलाई मध्येनजर गर्दै बन्द गरेको अन्तर्राष्ट्रिय उडानहरु गएको भदौ १६ गतेदेखि खोलेको हो ।

यात्रुले उडान हुनुभन्दा बढीमा ७२ घण्टा भित्रको कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट हुनपर्छ । यूएईको राष्ट्रिय उडान मध्ये एअर अरेबियाले यसअघि सारजहाँबाट मात्रै उडान भर्दै आएको थियो । गएको जुलाई १४ देखि एअरलाइन्सले आबुधाबीबाट पनि उडान सेवा सुरु गरेको थियो । एअरलाइन्सका लागि काठमाण्डौ उडान आठौं रुट हो । यो नेटवर्कमा बंगलादेश, इजिप्ट​, सुडान र अफगानिस्तान समावेश छन् ।

Tribhuwan International Airport
Tribhuwan International Airport

यूएईको पाँचौं राष्ट्रिय एअरलाइन्स एतिहाद एअरवेज र एअर अरेबियाबीच राजधानी आबुधाबीबाट कम लागतको उडान सुरु गर्न सहमति गरेसँगै एअरलाइन्सले आफ्नो नेटवर्क विस्तार गरिरहेको छ । एअरलाइन्समार्फत उडान भर्नेहरुका लागि निशुल्क बीमाकोसमेत व्यवस्था गरिएको एअरलान्सले जनाएको छ ।

आबुधाबीबाट यसअघि हिमालय र इतिहादले काठमाण्डौका लागि उडान गर्दै आएका छन् । एयर अरेबियाले सस्तोमा उडान भर्ने भएपछि न्यून आय भएका नेपाली श्रमिकलाई स्वदेश फिर्तीमा सहज भएको छ । उज्यालो अनलाईन बाट 

राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि …

Previous articleधेरैको प्रश्न यि आमाछोरा मलेशियामा कसरी अ;लपत्र परे? छोरो कसरी जन्मियो?
Next articleकात्तिक ८ बाटै क्लिन फिड लागु हुने, अब विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।