बनवासबाट फर्केपछि रामले किन आफ्नी पत्नी सीतालाई किन त्या’गे? पढ्नुहोस्
चौध बर्ष वनवास समाप्त भएर लंकाका राजा रावणको व’ध गरेपछि राम आफ्नी पत्नी सिता माता र भाई लक्ष्मण सहित अयोध्या फर्किए । राम अयोध्या फर्केपछि अयोध्यावासीहरुको खुसीको सिमा थिएन । चारैतिर रामको जयजयकार हुन थाल्यो । राम साक्षात विष्णुको र सिता माता लक्ष्मीको अवतार हुनाले अयोध्यावासीहरुले उनीहरुको भ’व्य स्वागत गरे ।
गुरु बशिष्ठले शुभ मुहुर्त हेरेर रामको राज्याभिषेश गरे। रामले आफ्नो प्रजाहरुलाई सुखरसुविधा दिन कहि कतै कन्जु’स्याँ’इ गरेनन् । एकदिन राजा रामले अयोध्याका प्रजाहरुले आफ्नो बारेमा के भन्दा रछन्, उनीहरुको गुनासो के रहेछ भनेर बुझ्न आफ्ना गु’प्तचरहरु खटाए । गु’प्तचरहरुले धेरै जसो प्रजाहरुले राम-सिताका गुणगान गाएका भेटिए ।
तर एकजना नगरवासी पुरुषले आफ्नी पत्नीसँग ‘म यो मुलुकका राजा राम जस्तो होइन,जसले अर्काले लगेकी पत्नी समेत फिर्ता ल्याए भन्दै झ’ग’डा गरिरहेका थिए।’ गु’प्तचरले रामलाई गएर यो कुरा सुनाएपछि रामले राजाको धर्म निभाउने र भावनामा बगेर नहुने भन्दै आफूले प्राण भन्दा धेरै माया गर्ने सितालाई त्या’गेर वनवास पठाउने निर्णय गरे । त्यतिबेला सिता गर्भवती थिइन् ।
माता सिताले आफ्ना पतिको निर्णय सहर्ष स्विकारी गरेर वनवास जान तयार भइन् । माता सिताले हाँसिखुसी आफ्ना पतिको चरण छोएर देवर लक्ष्मणको साथ लागेर वनवास गइन् । लक्ष्मण आफ्नी आमा समानकी भाउजुलाई वनमा छो’डेर रुँ’दै अयोध्या फर्केर आए ।


