कतारमा रोजगार परिवर्तन गर्न के के गर्नुपर्ला? हेर्नुहोस् सम्पूर्ण प्रक्रिया

0
41

कतारमा रोजगार परिवर्तन गर्न के के गर्नुपर्ला? हेर्नुहोस् सम्पूर्ण प्रक्रिया

उज्यालो नेपाल, कार्तिक-१०, चितवन- कतारमा तपाईँ काम परिवर्तन गर्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने तपाईँले विभिन्न प्रक्रियामार्फत रोजगारदाताको पूर्वअनुमति बिनै पनि काम परिवर्तन गर्न सक्नुहुन्छ । तपाईँ काम परिवर्तन गर्न चाहनुहुन्छ भने तपाईँले आफूले काम परिवर्तन गर्न लागेको बारेमा कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको विद्युतिय माध्यमबाट जानकारी दिन सक्नुहुन्छ ।

तपाईँले दुईवर्ष या दुईवर्षभन्दा कम समयदेखि काम गरिरहनुभएको छ भने एक महिनाको समय अवधि दिएर काम परिवर्तन गर्न पाउनुहुन्छ । दुई वर्षभन्दा धेरै समयदेखि काम गरिरहनुभएको छ भने तपाईँले रोजगारदातालाई दुई महिनाको समय दिएर काम परिवर्तन गर्न पाउनुहुन्छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको विद्युतिय माध्यममार्फत तपाईँले आफूले काम छोड्न लागेको जानकारी विभिन्न कागजात पेश गरेर जानकारी दिन सक्नुहुन्छ ।

रोजगार परिवर्तन गर्नका लागि के के गर्नु पर्छ? लिङ्क सेयर गर्नलाई धेरै साथीहरुले अनुरोध गर्नु भएको थियो। हामीले बुझे सम्मका सबै लिङ्क तल सेयर गरिएको छ। यहाँहरुलाई सोचे अनुरुपको नयाँ अवसर प्राप्त हुन सकोस्, अग्रिम शुभकामना!
यँहा क्लिक गरेर खुल्ने पेजमा दिईएको यो फारम डाउनलोड गरेर भर्नुस्, हस्ताक्षर गर्नुस् र स्क्यान गरेर राख्नुस्। ( फारम PDF फर्म्याटमा भएकोले अनलाईन मै भर्न मिल्दैन, डाउनलोड गरेर मात्र भर्न मिल्छ!

अब यँहा क्लिक गरेर खुल्ने नयाँ पेजमा गएर स्क्रोल गर्दै तल जानुस् आफ्नो QID, Mobile No & Captcha भरेर submit बटन प्रेस गर्नुस्। http://e-notice.adlsa.gov.qa/Login.aspx?ReturnUrl=%2f
त्यस पछि तपईको मोबाइलमा OTP पासवर्ड आउने छ, उक्त OTP लाई PIN नम्बर मागेको ठाउमा भरेर Validate बटन प्रेस गर्नुस्।
त्यस पछि तपाईंको स्क्रिनमा एउटा फारम जस्तो आउने छ जहाँ तपाईं तल उल्लेखित विवरणहरू देख्न सक्नु हुनेछ।
Workers Details:
QID, Name, Nationality, Gender, Job Title, Age, Worker Mobile
Current Employer:
Establishment Number (Company Computer Card Number)
Employer Name (Company Name)
Request Details:
Purpose (select Change of Employer)
Attested Contract Copy (अहिले तपाईंले काम गर्दै गरेको कम्पनी संगको रोजगार सम्झौता पत्र, अफर लेटर मध्ये एउटा कुनै यहाँ एटेच गर्नुहोस्)
Signed copy of notice Form (जुन फारमा तपाईं सुरूमा नै तयार गरेर राख्नु भएको छ यहाँ एटेच गर्नुहोस्)
New Employer:
Establishment Number (तपाईंले चेन्ज गर्न खोज्नु भएको कम्पनीको कम्प्युटर कार्ड नम्बर यहाँ भर्नुस्)
Employer Name (पाईंको नयाँ कम्पनीको नाम यहाँ भर्नुस्)
Accepted the above terms and conditions यसमा चेक मार्क गर्नुस्
अब अन्तमा submit बाटन प्रेस गर्नुस्।
अझै पनि यहाँरुलाई कुनै समस्या भएमा, यो लिङ्कमा गरेर भिडियो हेर्न सक्नु हुनेछ। यहाँरुलाई मेरो अग्रिम शुभकामना! https://www.youtube.com/watch?v=_dS7CJ0L6V4
क्रिपया यसलाई सेयर गरिदिनु होला, ताकी अलमलमा परेका हाम्रा धेरै भन्दा धेरै साथीहरु भए सम्म यो पुग्न सकोस्।
#copied

सेयर बाँडफाँटमा पुनरावलोकन गर्न माग

Previous articleहेर्ने सबै छक्क, नेपालमै अचम्मको बोका, मस्तले चुरोट पिउछ यो बोका- हेर्नुहोस् ( भिडियो सहित )
Next articleट्वाई’लेटमा नव;जात शिशु भेटिएपछि कतारको हमाद एअरपोर्टमा ब’बाल; महिला यात्रु जति सबैलाई न’ग्न बनाएर अनुसन्धान