कतारले लागू गरेको नयाँ नीति अनुसार कम्पनी छाड्नु अघि लागु हुने ६ ओटा सर्तहरु के के हुन् ?

कतारले लागू गरेको नयाँ नीति अनुसार कम्पनी छाड्नु अघि लागे हुने ६ ओटा सर्तहरु के के हुन् ?

कतारमा रोजगारीका लागि गएका आप्रवासी कामदारले परीक्षण कालमै बिनाजानकारी कतार छाडे एक बर्ष कतार जान नपाउने भएका छन् । कतारमा रोजगारीमा गएकाहरुलाई ६ महिना परीक्षणकाल तोकिएको छ । यस अघि कतारले कामदारले रोजगारदाता परिवर्तन गर्न पाउने सम्बन्धमा एतिहासिक निर्णय गरेको थियो । यसै नीति बमोजिम निम्न सर्त लागू हुन्छ ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

१. कुनै कारणले कतारमा रोजगारीमा पुगेका कामदारले परीक्षणकालभित्र रोजगारदाता छोड्न चाहेमा कतारको श्रम मन्त्रालयको विद्युतीय प्रणालीमार्फत रोजगारदातालाई सूचना दिनुपर्छ ।

२. कामदारले ६ महिनाको परीक्षणकाल सकिएपछि कम्पनी छाडेर स्वदेश फर्कन चाहेमा रोजगारदातालाई एक महिना अघिनै जानकारी दिनुपर्छ ।

३. दुई वर्षभन्दा बढी काम गरेको कामदारले कम्पनी छाडेर स्वदेश फर्कन चाहे रोजगारदातालाई दुई महिना अगाडिनै जानकारी दिनुपर्छ ।

४. दुईबर्ष नपुग्दै कतार छोड्ने कामदारले क्षतिपूर्तिबापत रोजगारदातालाई एक महिना बराबरको न्युनतम तलब फिर्ता गर्नुपर्छ ।

५. परीक्षणकाल (रोजगारीमा गएको ६ महिना) भित्रै रोजगारदाताले दिइएको जिम्मेवारी पूरा गर्न नसक्ने श्रमिकलाई एक महिनाको सूचना दिएर करारपत्र रद्द गर्न सक्छ । त्यसरी करारपत्र रद्द भएका श्रमिकले स्वदेश फिर्न चाहेमा घर फिर्ती टिकट भने रोजगारदाताले दिनुपर्छ ।

६. जिम्मेवारी पूरा गर्न नसक्ने श्रमिकको करारपत्र रद्द गर्नुपुर्व रोजगारदाताले एक महिना अगाडि नै कामदारलाई जानकारी दिनुपर्छ । यदि रोजगारदाताले बिनाजानकारी करारपत्र रद्द गरेमा एक महिना बराबरको न्यूनतम तलब कामदारलाई भुक्तानी गर्नुपर्छ ।

याद राख्नुहोला हाल यो नियम लागु भईसकेको छैन । यो नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुन्छ ।

गोरखाको भुम्लिचोकमा अजिङ्गर फेला

Previous articleसाउदीमा पासपोर्टको म्याद स’क्कियो वा ह’रायो? अब के गर्ने? यस्तो छ दुताबासको जानकारी
Next articleसाउदी अरबमा सात वर्ष बे’पत्ता भएको छोरो घर त फर्कियो तर यस्तो ना’जुक अवस्थामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।