कल्पना र रमेशको विवाह Youtuber को हल्ला मात्रै, अर्कै युवती संग रमेशको बिहे हुँदै

कल्पना र रमेशको विवाह Youtuber को हल्ला मात्रै, अर्कै युवती संग रमेशको बिहे हुँदै

उज्यालो नेपाल, मङ्सिर १७, चितवन- केहि समय अगाडी चर्चित कार्यक्रम ईन्द्रेणीमा रमेश प्रसाई र कल्पना दाहालले हुक्का चिलिमले बोलको दोहोरी गाए! उक्त दोहोरी निकै भाइरल भयो! धेरै दिनसम्म युटुबको ट्रेन्डिंग नम्बर वानमा पनि रह्यो ! दोहोरी निकै चलेपछि दर्शकले कल्पना र प्रसाईले विवाह गरेर घरजम गरे हुन्थ्यो भावका कमेन्ट गर्न थाले! यस्तै कमेन्ट बाटै प्रसाई र कल्पनाको बिहेको हल्ला चल्न थाल्यो!

पछी युटुबरहरुले यहि विषयलाई समेटेर भिडियो बनाउन थाले! एक अन्तर्वार्तामा सोधिएको प्रश्नको जवाफ दिदै रमेशले” कल्पना को र मेरो बिहे हुनै नसक्ने भन्ने कुरा होईन, मन मिले प्रेम नि हुन्छ, बिहे नि हुन्छ” भन्दै जवाफ दिएका थिए! उनको यहि जवाफलाई गरिन सिग्नल मानेर धेरैले रमेश र कल्पना प्रेममा परेको र अब निकट भविष्य मै दुबैको विवाह हुने हल्ला पिटाए! तर अहिले एकाएक रमेश अर्कै युवती संग प्रेममा रहेको र बिहे पनि हुदै गरेको समाचार बाहिरिएको छ!

 

प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् । अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ ।

बहुप्रतीक्षित विद्युत् विधेयक सङ्घीय संसद्‍मा पेश गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

Previous articlePassport Renew बारे साउदीमा रहेका नेपालीलाई दुताबासको ज’रुरी सुचना
Next articleयुएईमा ब्युटिपार्लर व्यबसाय गर्ने नेपाली युवती भन्नुहुन्छ: बुझेर आउनुहोस्, खाडीमै पनि सम्भा’वना प्र’शस्त छन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।