‘दुई-चार वर्ष बाँच्दासम्म किन सधैँभरि झ’गडा र कचकच गरेर बस्ने? भन्दै ७२ वर्षको उमेरमा डि’भोर्स

‘दुई-चार वर्ष बाँच्दासम्म किन सधैँभरि झ’गडा र कचकच गरेर बस्ने? भन्दै ७२ वर्षको उमेरमा डि’भोर्स

गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन्। गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा सम्बन्ध वि’च्छेद गरेका हुन्। आफ्ना पहिलेका श्रीमान्को मृ’त्यु भइसकेपछि विसं २०५२ मा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे भएको थियो। सामान्य म’नमुटावका कारण घरमा सधैँ भरि झ’गडा गरेर बस्नुभन्दा बाँच्दासम्म शान्तिसँग बस्न पाइयोस भनेर सम्बन्ध वि’च्छेद गर्ने सोच बनाएको श्रीमती बाटुली विकले बताइन्।

यी वृद्ध दम्पत्तीले जिल्ला अदालत गुल्मीबाट कानूनी रुपमा सम्बन्ध वि’च्छेद गरेर अलग–अलग बस्ने नि’धो गरेका हुन्। यी दम्पत्ती आफ्ना छोराछोरी र नातीसँगै सम्बन्ध विच्छेदका लागि अदालत पुगेका थिए। ‘बाबा आमा दुवैको सहमतिअनुसार सम्बन्ध विच्छेद भएको हो’, तीलबहादुरका राइलो छोरा देवेन्द्र विश्वकर्माले भने। ‘दुई-चार वर्ष बाँच्दासम्म किन सधैँभरि झ’गडा र क’चकच गरेर बस्ने? कान सुन्दैनन्, एउटा कुरा गर्दा अर्को सुन्ने र झ’गडा गर्ने बानी छ, त्यही भएर कचकच गरेर बस्नुभन्दा कानूनी रुपबाटै डि’भोर्स गर्ने सोच बनाए’, बाटुलीले भनिन्।

गुल्मीमा आजभोलि सम्बन्ध वि’च्छेदका घट’ना दिनानुदिन बढ्दै जान थालेका छन्। गुल्मी जिल्ला अदालतमा ७२ वर्षको उमेरमा सम्बन्ध वि’च्छेदको घट’ना यो पहिलो हो। ‘यसअघि ५५ वर्षसम्मका जोडीबीच सम्बन्ध वि’च्छेद भएको जानकारी पाएको छु, अदालतमा धेरै सम्बन्ध वि’च्छेदका मु’द्दा आउने गर्दछन् तर सम्भवतः ७२ वर्ष उमेरमा भएको स’म्बन्ध विच्छेदको यो नै पहिलो घट’ना हो’, जिल्ला अदालत गुल्मीका तहसिलदार दीपेन्द्रकुमार तीवारीले भने।

नयाँ मुलुकी सहिंता जारी भएसँगै जिल्ला अदालतमा मु’द्दा दर्ताको चा’प बढेको छ । अदालतमा दर्ता भएका मु’द्दामध्ये सबैभन्दा बढी सम्बन्ध वि’च्छेदका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म ५४ वटा मुद्दा द’र्ता भएका छन्। तीमध्ये २६ फस्र्यौट भइसकेको तहसिलदार तिवारीले जानकारी दिए। विशेषगरी अदालतमा सम्बन्धवि’च्छेद, अंश, गा’ली बेइ’ज्जती, कर्तव्य ज्यान, जब’रजस्ती क’रणी, माना चामल, बहुविवाह, सवारी ज्यान, लेनदेनलगायत मु’द्दा दर्ता हुने गरेको उहाँको भनाइ छ।

सम्बन्धवि’च्छेदका लागि उ’जुरी गर्ने अधिकांश २२-२५ वर्ष भन्दा कम उमेरका महिला भएको उनले बताए। कम उमेरमा विवाह, अन्तरजा’तीय विवाह, म’दिरा सेवन, दा’ईजो, वैदेशिक रोजगार, बहुवि’वाह, घरेलु हिं’सा, बेरोजगारी, परपुरुषसँगको अवै’ध सम्बन्धलगायत कारण सम्बन्धवि’च्छेदका मु’द्दा बढेको अदालतले जनाएको छ। ‘पछिल्लो समय अं’शसहितभन्दा अंश नलिई सम्बन्ध वि’च्छेद गर्ने प्रवृति बढेको देखिन्छ’, उनले भने, ‘उजुरीकर्ता पुरुष पनि बढेका छन्।’

अदालतमा आएका अन्य मु’द्दामा पनि महिला वादी पक्ष बढी भएको उनको भनाइ छ।  अदालतले अस’हाय, गरिब, पी’डितलगायत पक्षका लागि लिखत निःशुल्क लेखिदिने व्यवस्था मिलाएको छ । आर्थिक अ’भाव भएका र कानुन व्यवसायीको पहुँचमा नरहेका पी’डित पक्षका लागि दस्तुर दाखिला, मुद्दा सकार, अधिकृत वारेसनामा, मुद्दा मुतलबी राखीपाउँलगायत लिखत अदालतले निःशुल्क लेखिदिने गरेको छ । कानुनी ज्ञानको अभावमा जिल्लाका अधिकांश बासिन्दा तारेख, प्रतिउत्तर म्याद, हदम्याद, पुनरावेदन म्यादलगायतबारे बेखबर छन् ।(रासस)

एसिया कप क्रिकेट: पाकिस्तानविरुद्ध नेपालको फितलो प्रदर्शन

Previous articleकतार प्रहरीमा पठाउने भन्दै अ’वैध धन्दा गरेर करोडौ उठाउने ३ म्यानपावर छ महिना निलम्बित
Next articleपासपोर्ट Renew गर्न साउदीको ताबुकमा घुम्ती शिविर संचालन हुने मिति र समय तोकियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।