पासपोर्ट Renew गर्न साउदीको ताबुकमा घुम्ती शिविर संचालन हुने मिति र समय तोकियो
उज्यालो नेपाल, मङ्सिर २२, काठमाडौँ- साउदीको रियादमा रहेको नेपाली दुताबास र नेपाली कन्सुलेट जनरल, जेद्दाले साउदीको विभिन्न ठाउँमा कार्यरत नेपालीहरुलाई मध्यनजर गर्दै साउदीको विभिन्न ठाउँमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गरिरहेको छ । यसै क्रममा साउदीको ताबुकमा अस्थाई कार्यालय संचालन हुन लागेको हो! नेपाली कन्सुलेट जनरल, जेद्दाले एक सुचना जारी गर्दै ताबुकमा कार्यालय संचालन हुने मिति समय र स्थान बारे जानकारी दिएको हो!

पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न चरणमा विभिन्न शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि नेपाल एम्बेस्सी, नेपाली कन्सुलेट जनरल, जेद्दा र NRNA साउदीको विशेष अभियानमा अस्थायी कार्यालय सञ्चालन गर्न लागिएको हो ! यस अघि दुताबास र नेपाली कन्सुलेट जनरल, जेद्दाले विभिन्न समयमा राहदानी नविकरण गर्नुपर्ने व्यक्तिहरुलाई अनलाईन मार्फत आवेदन दिन आग्रह गरेको थियो! नेपाली कन्सुलेट जनरल, जेद्दाले जारी गरेको सुचना यस्तो छ!

ताबुकमा पासपोर्ट नवीकरण सम्बन्धी नेपाली कन्सुलेट जनरल, जेद्दाको सूचना
यस कन्सुलेट जनरलको कार्यक्षेत्रभित्र रहेको ताबुकमा रहनुभएका नेपाली नागरिकहरुलाई पासपोर्ट नवीकरण सहजीकरणका लागि नियोगको टोली यही शुक्रबार २६ मंसिर २०७७ (तदनुसार ११ डिसेम्बर २०२०) मा ताबुक जाने कार्यक्रम तय गरिएको छ।

कार्यालय संचालन हुने मिति, स्थान र समय
- मिति -शुक्रबार २६ मंसिर २०७७ (तदनुसार ११ डिसेम्बर २०२०)
- समय: बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म
- स्थान : स्थान: Al Muftah Resort, Hi Al Majarah/Al Rayan Area, Baladiya Road, 2nd Industrial Area, Tabuk
राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूः
- सक्कल राहदानी
- राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
- नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)
- राहदानी दस्तुर साउदी रियाल- २००।–
- हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।-

आवेदन संकलनका क्रममा साउदी सरकारले कोभिड-१९ को सन्दर्भमा जारी गरेका सम्पूर्ण स्वास्थ्य सूरक्षा मापदण्डको पालना गर्नुहुन सबैमा अनुरोध गरिन्छ। साथै, आवेदन संकलनका लागि नामावली समावेश गर्न तथा थप जानकारीका लागि देहाय बमोजिमका नम्बरमा सम्पर्क गर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ।
सम्पर्क
१. ०५५९६८०२५३ (नियोग )
२. ०५५५३४७०२५ (ताबुक )

कन्सुलेट जनरलको कार्यक्षेत्रभित्र रहेका अन्य शहरहरुमा पासपोर्ट आवेदन संकलनका लागि नियोगबाट खटिने टोलीको कार्यक्रमको स्थान, मिति र समय सम्बन्धमा आगामी सूचनाहरुबाट जानकारी गराईनेछ। नेपाली कन्सुलेट जनरल जेद्दा, साउदी अरेबिया २१ मंसिर २०७७ (०६ डिसेम्बर २०२० )
कुनै थप जानकारी तथा दुबिधा भए एनआरएनए आरसीसी ताबुकका निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुने छ
- भक्त हमाल -055 534 7025
- अर्जुन थापा – 0505783640
- युबराज पोख्रेल 050918134
पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप, पौडेल भन्सारका कर्मचारी भएको खुल्यो




