डि’प्रेसनले ज्यान फा’लेका रोशनको परदेशमै गरियो अ’न्त्यष्टि

डि’प्रेसनले ज्या’न फालेका रोशनको परदेशमै गरियो अ’न्त्यष्टि

गत महिना आ’त्मह’त्या गरेका अन्नपूर्ण गाउँपालिका वार्ड २ कास्कीका रोशन अधिकारीको दा’ह सं’स्कार साइप्रसमा गरिएको छ। डिसेम्बर २० आइतबार निकोसियाको स्ट्रो’भोलोस सेमेटरीमा अ’न्तेष्टि भएको हो। मृ’तकका परिवारले उतै अन्ते’ष्टि गर्न भनि नेपाली दुतावास इजरायलमा पत्र पठाए पछि निकोसिया स्थित अवैतनिक महावाणिज्य दुतावासको सम्वन्यमा गैर आवासीय नेपाली संघ साइप्रसले अन्तिम सं’स्कार गर्ने जिम्मा लिएको थियो।

श’व व्यवस्थापनमा लाग्ने खर्चका लागि स्थानिय नेपाली संघसंस्थाहरु संग आर्थिक सहयोग संकलन गरि दा’हसं’स्कारको सबै तयारी गरेका थिए। श’व व्य’वस्थापनको सबै कानुनी प्रक्रिया पनि पुरा भै सकेको थियो। कोरोना नियम का कारण दा’हसं’स्कारमा १० जना भन्दा बढी सहभागी हुन नपाइने बा’ध्यता रहेको छ।

रोशनले किन गरेका थिए आ’त्मह’त्या ?

गत वर्ष अक्टोबरमा सिटि युनिटि कलेजमा अध्ययनको लागि आएका अधिकारीले यहाँको माहोल बुझ्दा नबुझ्दै साइप्रसमा लकडा’उन जारि भयो। अध्ययन भिसामा आएका विधार्थीले हप्तामा 20 घण्टा मात्र काम गर्न पाउने नियम छ। काकाको छोराहरु संगै बस्दै आएका उनि पार्ट टाइम कामको खोजीमा रहेका बेला लक’डाउन एउटा ख’डेरी नै बन्न पुग्यो। दृष्टि’वि’हीन  बुवा, ८४ वर्षका वृद्ध हजुरवुवा, जेनतेन घर सम्हालेकी कम’जोर आमा र ऋ’ण को जिम्मेवारी बोकेको छोराले काम नपाए पछि डि’प्रेसनमा परे। त्यहि डि’प्रेसन नै उनको आ’त्मह’त्याको कारण बन्न पुग्यो ।

के थियो पृष्टभुमि ? पा’र्थिव शरीर किन नेपाल लगिएन ? परिवारले उतै अन्ते’ष्टि गर्न किन भने ?

युट्युब मा मृ’त’कका परिवारको ‘इन्टरभ्यु’ प्रशारण भयो। करु’णादायी त्यो भिडियो हेरेर धेरै को मन छोयो। त्यसको अघिल्लो दिन मात्रै दुतावासमा मन्जुरी पत्र आएको थियो। भिडियो आएपछि सामाजिक संजा’लमा एउटा बहस चल्यो । मिश्रीत प्रतिक्रिया आए। विभिन्न अनुमान लगाउन सुरु भयो । कतै परिवारको आर्थिक स्थिति कम’जोर भएर भनियो त कतै ला’स पठाउन पैसा नभएर होला भनेर अनुमान लाग्यो तर ला’सको जिम्मेवारी पाएका काका का छोराहरुको कुरा कोहि ले सुनेनन्। माहोल भावा’नात्मक वे’गमा डुबे’को थियो।

आमा को पि’डा सायद सबै ले मह’सुस गरेको हुनु पर्छ त्यसैले होला प्राय: ले नेपाल पठाउने र आर्थिक सहयोग गर्ने बाचा गरे। तर परिवारको आफ्नै बा’ध्यता कसले बुज्ने ? कुन बा आमा लाई आफ्नो छोराको मुख हेर्न मन नहुदो हो ? मुटुमा प’त्थर राखेर कसरी भने होलान् उतै ज’लाइदेउ ? परिवारको सुनौलो भविष्य देखेर रोजगारीका लागि क’तार भासिएका रोशनका बाबाको कार्यस्थलमा एक दुर्घ’टनामा आखाँको ज्योति गु’मे पछि देश फर्किए। जोडेको केहि सम्पती उपचारमा सकियो। आर्थिक अवस्था क’मजोर भयो।

वृद्ध हजुर बुबा समय संगै क’मजोर थिए। तरकारी बेचेर आमाले जेनतेन घर धानेकै थिइन, भाइ १२ मा पढ्दै थियो। ऋ’णको भार र काम नपाउनु को पि’डा ले डि’प्रेशनमा पुगेका रोशनले ज्या’न फा’लेको खबर पाए पछी आमा ७ दिन सम्म बे’होस रहिन् । ल’क्काजवान छोराले धो’का दिएको शो’कले कहिले होस् मा आइन कहिले बे’होस रहिन्।

कोरोनाको महा’मारीमा के ला’श घर सम्म आइपुग्ला ? मुख हेर्न पनि पाइएला त् ? क’मजोर भै सकेकी आमाले छोराको मुख देखे पछि फेरी अर्को घ’टना हुने हो कि भन्ने आ’शं’का, शारीरिक रुपमा क’मजोरी भएका वृद्ध हजुर बुबा काजक्रियामा बस्दा केहि पो हुने हो कि भन्ने त्रा’स र केहि समय अघि मृ’त्यु भएका आफ्नै आफन्तको मुख देख्न नपाएको पि’डामा स’हन नसक्ने ब’ज्रपात सम्झेर परिवार ह’च्कियो ।

ला’स आउने प्रक्रिया लामो हुने, पुरि’एको घा’उ ब’ल्झिने भए पछि परिवारले गरेको क’ठोर निर्णय पत्र बनेर साइप्रस आइपुग्यो। सारा आफन्त खलक बसेर गरेको निर्णयमा आमा, बुबा हजुअर बुबा र भाइ ले मन्जुरी दिएर छिटो भन्दा छिटो साइप्रसमा नै अ’न्तिम सं’स्कार गरि “अस्तु” पठाइदिन अनुरोध गरेका छन्।

ला’शमा पनि राजनीति

श’व व्यव’स्थापनको जिम्मा पाएका मृ’तकका काका छोराहरु मध्य इश्वर अधिकारीले नेपाली राजदुतावास ईजरायल , अबैतानिक महाबाणिज्य दुतावास निकोसिया , गैरआवासीय नेपाली सघंसगं सहकार्य गर्ने विभिन्न सघंसस्थाहरुले श’व ब्यवस्थापनका लागि लाग्ने रकम , प्रक्रिया सबै पुरा गरिसकेपछि पनि दुई चार वटा सघंसस्थाहरुले बिभिन्न कारण देखाई वि’रोध जनाउदै आ आफनो राजनितिक रोटी सेक्न खोजेकोमा दु’:ख ब्यक्त गरेका छन ।

परिवारको आर्थिक अवस्थालाई ढा’ल बनाएर रकम उठाउने काम ग’लत भएको उनि बताउछन। एक डेढ महिनाको समय बितिसके पछि अहिले आएर परिवारको द’यनिय आर्थिक स्थितिका कारणले नै ला’श नेपाल नपठाइएको भन्ने कुरा झु’टो भएको उनले भने । “हो परिवारको आर्थिक अवस्था कम’जोर छ तर कम’जोर आर्थिक अवस्थाले भने श’व नपठाईएको भने होइन, परिवारलाई ब’द्नाम गराउने काम कसैले गर्न पाइदैन ” उनले थपे।

मृ’तकका काका का २ छोरा बिकास अधिकारी र सुर्य अधिकारी पनि विधार्थी हुन्। अर्थ संकलन र ला’समाथि राजनीति गरेर वि’वाद निकाल्नु भन्दा यस्तो घ’टना हुन नदिन तिर सबैले ध्यान दिए सबै विधार्थीको भलो हुने उनीहरुको धारणा छ। मृ’तकको परिवारको सहयोगका लागि विदेशमा रहेका आफन्तले अर्थ संकलन गरि घर निर्माणको काम सुरु भै सकेको पनि जानकारी प्राप्त भएको छ।

आर्थिक सहयोग संकलन नगर्न अ’पिल

अन्नपूर्ण गाउपालिका २ नम्बर वडा कार्यालयले मृ’तक रोशन अधिकारीको श’व व्यवस्थापन र सदा’गत को लागि आर्थिक सहयोग संकलन नगर्न अनुरोध गरेको छ। अवैतनिक वाणिज्यदुतको सम्वन्य र एनआरएन साइप्रसको सहयोगमा आवश्यक रकम संकलन भै सकेको हुनाले कुनै पनि संघसंस्था वा निकायले आर्थिक सहयोग संकलन नगर्न अनुरोध गरेको छ। सो पत्रलाई नेपाली कन्सुलर डा रामजीवन पंजियारले फेसबुकबाट पनि प्रकाशन गर्नु भएको छ। साईप्रस नेपाल डटकम बाट 

टिकट बुकिङ खुल्ला भएसँगै बसपार्कमा टिकट लिनेहरुको भिड (फोटो फिचर)

Previous articleआज वि.सं.२०७७ साल पौष ०६ गते आईतवार (Dec 21, 2020), आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
Next articleसाउदीमा १ हप्ता उडान बन्द, ५० जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने, नियम उल्’लङ्घन गरे १५ हजार रियाल जरि’बाना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।