भाषा नजान्ने २ सय बढी श्रमिक फर्काइए; नेपाली श्रमिक नलिने कोरियाको चेता’वनी

दक्षिण कोरियाले त्यहाँ पुगेको महिना दिन पनि नहुँदै दुई सय बढी नेपाली श्रमिकलाई फिर्ता पठाएको पाइएको छ। नेपाल प्रहरीका अनुसार कोरियन भाषा बोल्न नजानेको भन्दै पुगेको केही समयमै कोरियाले नेपालीलाई फर्काइदिएको हो। दलाललाई लाखौँ रुपैयाँ खुवाएर नक्कली परीक्षार्थीमार्फत भाषा उत्तीर्ण गरेका व्यक्तिलाई कोरियाले फर्काउने गरेको छ। सन् २०१५ यता मात्रै २ सय बढी श्रमिक यसरी फर्किसकेको नेपाल प्रहरी स्रोतले जनाएको छ।
यसरी फर्काइएकामध्ये केही व्यक्तिलाई प्रहरीले सोधपुछ समेत गरेको छ। नक्क’ली परीक्षार्थी खडा गरेर भाषा परीक्षा दिने श्रमिकले दला’ललाई ७ लाख रुपैयाँसम्म दिएको पाइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए। उनका अनुसार नेपालमा कोरियन भाषा पढाउने इन्स्टिच्युटका शिक्षकको नै यस्तो कार्यमा संलग्नता भेटिएको छ।

महाशाखाले बागबजारको सेन्सेगे कन्सल्टेन्सीका कोरियन भाषा प्रशिक्षक उत्तममान लिम्बुलाई पक्राउ गरेसँगै ठूलै समूह यसरी नक्क’ली परीक्षार्थी बनेर भाषा परीक्षामा सहभागी हुने गरेको खुलेको हो। कोरियन भाषा प्रशिक्षकले ७ लाख रुपैयाँ लिएर भाषा परीक्षा पास गरिदिने गरेका छन्। यसरी कोरिया पुगेका श्रमिकले सामान्य भाषा समेत नजानेपछि कोरियाले उनीहरुलाई फेरि नेपाल नै फर्काउने गरेको छ।
गुना’सो बोकेर प्रहरीमै पुग्यो कोरियाली दूतावास
बारम्बार यसरी श्रमिक पुग्ने गरेपछि नेपालस्थित कोरियन दूतावासले प्रहरी प्रधान कार्यालयमै गु’नासो गरेको थियो। नेपालबाट सामान्य भाषा समेत नजानेका श्रमिक गएपछि कोरियाले नेपाली श्रमिक लिन नसक्ने अवस्था आएको गुनासो प्रहरी प्रधान कार्यालयमा गरेको प्रहरी स्रोतले जनाएको छ। प्रहरी प्रधान कार्यालयले कोरियन दूतावासको गुनासोपछि नक्क’ली परीक्षार्थीमार्फत कोरिया पुगेर फर्काइएका श्रमिकको खोजी गर्न अपराध महाशाखालाई निर्देशन दिएको थियो।

महाशाखाले चार महिनादेखि यस्ता व्यक्तिको खोजी गरिरहेको थियो। यही सिलसिलामा मंगलबार काठमाडौंको कालोपुलबाट सुनसरीका ५१ वर्षीय उत्तममान लिम्बु पक्राउ परेका हुन्। यसरी कोरिया पुगेका श्रमिक नेपाल फर्काइएपछि कन्सल्टेन्सीबाट रकम फिर्ता लिने र मिलापत्र गर्ने गरेको पाइएको छ। नक्क’ली परीक्षार्थीमार्फत कोरिया पुगेका श्रमिक आफू पनि फ’स्ने ड’रले उ’जुरी गर्न समेत प्रहरीसमक्ष जाँदैनन्।
२०१५ देखि नै नक्क’ली परीक्षार्थीको ध’न्दा
प्रहरीका अनुसार २०१५ देखि सुरु भएको यो धन्दा २०२० सम्म पनि कायम छ। हरेक वर्ष भाषा परीक्षा पास गराइदिने भन्दै तिनै प्रशिक्षक सहभागी भएर यसरी ठ’गी गर्ने गरेको खुलेको छ। प्रहरीले यस्तो कार्यमा संलग्न अन्य व्यक्तिको समेत पहिचान गरेर खोजी कार्य तीव्र पारेको छ। अर्का प्रशिक्षकले पनि सन् २०१९ र २० मा मात्रै ११ जनालाई यसरी कोरिया पठाएको पाइएको छ। ती सबै व्यक्तिलाई कोरियाले रोजगारी नदिई नेपाल नै फिर्ता पठाएको थियो। ती प्रशिक्षकमार्फत कोरिया गएका श्रमिक पछिल्लोपटक २०२० को फेब्रुअरीमा नेपाल फर्काइएका थिए।

नक्क’ली प्रशिक्षार्थी ख’डा गर्ने गि’रोहले कोरियाको रोजगारी सुनिश्चित गरिदिने भन्दै विद्यार्थीको नाममा आफ्नो फोटो प्रयोग गर्ने गरेको पाइएको छ। कोरियामा पुगेपछि सामान्य कुरा पनि गर्न नजानेपछि कसरी आएको भनेर खोज्दै जाँदा नक्क’ली परीक्षार्थीमार्फत आएको पाइएपछि कोरियाले फर्काएको छ। यस्ता श्रमिक र नक्क’ली परीक्षार्थीको विवरण समेत कोरियाले प्रहरीलाई उपलब्ध गराएको छ। सन् २०१५ देखि नै यसरी श्रमिक पठाउने गरेको पाइएको अ’पराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।
देशकै इ’ज्जतमा अ’सर गर्छ : निर्देशक गौतम
ईपीएस शाखामा समेत कोरियाले यस्तो गुना’सो गरेको ईपीएस शाखा नेपालका निर्देशक इन्द्र गौतमले जानकारी दिए। ‘नक्क’ली परीक्षार्थीमार्फत श्रमिक कोरिया पुगेको गुनासो हामीकहाँ समेत आएको छ, यसले हाम्रो प्रणालीमा अवि’श्वास जन्माएको छ’, निर्देशक गौतमले भने, ‘हाम्रोमा नक्क’ली काम हुन्छ भन्दा रोजगारी मात्रै होइन, देशको इज्ज’तलाई नै अ’सर गर्छ।’कोरोना संक्रमणको जो’खिमका कारण गत वर्ष फागुनदेखि बन्द भएको कोरियाको रोजगारी अझै खुलेको छैन।

कोरियाले यसको तयारी भइरहेको बताएको ईपीएस शाखाले जनाएको छ। अहिले भाषा परीक्षा पास गरेर कोरिया जाने तयारीमा रहेका श्रमिक पनि अन्यो’ल’मा छन्। कतिपयको भने भिसाको प्रक्रिया समेत पूरा भएको थियो तर हाल भिसाको म्याद समेत सकिएको छ। उनीहरुको रोजगारी के हुने भन्ने अनिश्चित छ। कोरियामा हाल करिब ४० हजार नेपाली श्रमिक कार्यरत छन्।
नेपाली श्रमिकका लागि कोरिया पछिल्ला वर्षमा उत्कृष्ट रोजगार गन्तव्य बन्दै आएको छ। लाखौँ पारिश्रमिक पाइने भएकाले युवाहरुले कोरियालाई रोजाइको गन्तव्य मानेका छन्। तर नक्कली परीक्षार्थीको धन्दा नरोकिए यसले वैदेशिक रोजगारीमा गम्भीर धक्का पुग्नेछ।
नेपालको हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्री महतको आग्रह


