साउदीको दुताबासमा पासपोर्ट रिन्यु गर्न दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ?

0
64

साउदीको दुताबासमा पासपोर्ट रिन्यु गर्न दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ?

उज्यालो नेपाल, पौष १०, काठमाडौँ- यदि तपाई साउदी अरबमा रोजगारी गर्नुहुन्छ र तपाईको पासपोर्टको म्याद सकिन लागेको छ भने के गर्ने? पक्का पनि तपाई अन्यो’लमा हुनुहुन्छ होला! अथवा साउदीमै तपाइको पासपोर्ट हरायो भने अर्को पासपोर्ट कसरी निकाल्न सकिएला? यस्ता कुरा जान्न तपाई पक्का पनि उत्सुक हुनुहुन्छ! आज हामीले यस्तै जानकारी लिएर आएका छौ ! तपाई साउदीमा हुनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो समाचार शे’यर गरिदिनुहोला !

तपाई रियाद वा रियाद वरपर हुनुहुन्छ भने रियादमा रहेको नेपाली दुतावासमा सम्पर्क गर्नुहोला ! यसै गरि दमाम, जुबेल तथा खाेबरका राहदानी अावेदकहरुले पूर्वी क्षेत्रमा रहेका नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी श्री हरिप्रसाद घिमिरेलाई सम्पर्क गर्नुहाेला।

नयाँ राहदानी बनाउन राजदूतावासमा आवेदन दिनेहरुका लागि आवश्यक कागजातहरु:

हस्त लिखित राहदानी हुनेहरुले नेपाली नागरिकताको सक्क’ल प्रति र पुरानो
हस्त लिखित राहदानी

MRP राहदानी हुनेहरुले नेपाली नागरिकताको स’क्कल वा सोको फोटोकपि र पुरानो MRP राहदानी

राहदानीका लागि आवश्यक राजश्व दस्तुर

राहदानीको नियमित नवीकरण गरेमा – २०० साउदी रियाल

हराएको ( हरा’एमा पु’लिस रि’पोर्ट र कम्पनीको सिफारिसपत्र साथमा ल्याउने) वा बि’ग्रिएको राहदानी भएमा – ४०० साउदी रियाल

यसै सम्बन्धमा नेपाली दुताबासले फेसबुक पेज मार्फत एक सुचना जारी गरेको छ! दुताबासको सुचना यस्तो छ!

नयाँ राहदानी लिन आउनेसम्बन्धी सूचना !

राहदानी नविकरणका लागि मिति ०३ डिसेम्बर २०२० सम्म आवेदन पेस गर्नुभएका देहायका आवेदकहरूको राहदानी बनेर राजदूतावासमा आइसकेको हुँदा आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व तिरेको सक्कल रसिद सहित यथाशीघ्र दूतावासमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।

साथै, दमाम, जुबेल तथा खोबर क्षेत्रका राहदानी आवेदकहरुले आफ्नो नयाँ राहदानी बुझिलिनको लागि पूर्वी क्षेत्रमा रहेका नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी श्री हरिप्रसाद घिमिरेलाई सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ ।

नेपाली राजदूतावास, रियाद ।
१० पौष २०७७

उदयपुर सामुदायिक वनमा रक्तदान : ६५ युनिट रगत संकलन
Previous articleकतारमा रोजगारीको सुवर्ण अवसर, तलब रु ८० हजार सम्म, अन्तर्वार्ता कहिले?
Next articleकोरियामा श्रमिक Basic Salary फेरी बढ्यो,अवदेखी महिनाको १ लाख ८२ हजार रुपैया