साउदीमा अल’पत्र २२ हजार श्रमिक नेपाल फर्किए, २ सय बढी श’व पनि ल्याईयो

साउदीमा अल’पत्र २२ हजार श्रमिक नेपाल फर्किए, २ सय बढी श’व पनि ल्याईयो

नेपाली दुताबास, रियाद, साउदी अरब

साउदी अरेबिया : साउदी अरेबियामा कोभिड-१९ को जो’खिम बढेपछि अलप’त्र परेका २२ हजार नेपाली स्वदेश फर्किएका छन्। विभिन्न कारणले अल’पत्र परेकालाई नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा तथा सलाम एयरलाइन्सको चार्टर्ड उडानद्वारा हालसम्म १८ हजार ८ सय ४२ जना स्वदेश फिर्ता भएका छन् भने २ सय भन्दा बढी श’वहरु पठाइएको छ।

साउदीस्थित नेपाली दुतावास रियाद तथा वाणिज्य दुतावास जेद्धाको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अर्कामा नविकरण नगरेका १ हजार ४ सय ४८ जना नेपालीलाई वहिर्गमन भिषा जारी गरेको छ भने दुतावासले साउदीमा कार्यरत नेपालीको पासपोर्ट नविकरण लागी आफ्नो फेसबुक पेजमार्फत आवश्यक विवरण सहित अनलाइन फारमको व्यवस्था गरेको छ।

पासपोर्टको नविकरणका लागि आवश्यक कागज संकलनको सहजीकरणका लागि साउदीका विभिन्न शहरमा अस्थायी कार्यालयको समेत व्यवस्था गरेको छ।  अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा प्रवासी नेपाली समन्वय समिति साउदी अरेबियाले आप्रवासी कामदारको हकहितको मध्यनजर गदै श्रमिकले भोग्नुपरेको सम’स्या र समाधानबारे अन्तरकृया कार्यक्रम गरेको छ भने दुतावासको सहयोगमा साउदीको विभिन्न शहरहरुमा हेल्थ डेस्कसमेत संचालन गरेको छ।

साउदी सरकारले कोरोना भाइरसको मध्यनजर गर्दै २१ डिसेम्बर देखि एक हफ्ताको लागि सबै इन्टरनेशनल उडान बन्द गरेको छ भने नेपाली दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार हालसम्म ८८ नेपालीको कोरोना भाइरसबाट मृ’त्यु भएको छ। कोरोना भाइरसबाट साउदीमा हालसम्म ३ लाख ६१ हजार ९ सय ३ जना संक्रमित हुनुको साथै ६ हजार १ सय ६८ जनाको मृ’त्यु भएको छ भने ३ लाख ५२ हजार ८ सय १५ जना निको भएका छन्। अन्नपुर्ण पोष्ट बाट 

कालिका ३ का १२५ विपन्न घरधुरीको नि:शुल्क स्वास्थ्य बिमा

Previous articleआज २०७७ साल पौष १२ गते आईतबार ( 27 Dec 2020) तपाईको आजको दिन कस्तो छ? (राशिफल)
Next articleमेरो ब्वाईफ्रेण्ड अमेरिका बस्छ, यँहा ४ जना संग शारी’रिक सम्बन्ध भयो, मैले सबैलाई धो’का दिए, अब के गरौ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।