अमेरिकाले बोलाएपछि चीनमा रहेकी महिला भन्छिन्ः म त्यहाँ फर्किएर कसैलाई रोग सार्न चाहन्न

उनी हुबेइ प्रान्तको वुहान शहरमा बसोबास गर्न थालेको बल्ल ३ महिना पुग्दैछ।

वुहान शहर त्यो शहर हो जहाँबाट कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ।

चीनमा सबैभन्दा बढी कोरोना संक्रमित पनि वुहान शहरकै छन्। यस भाइरसबाट चीनमा हालसम्म ५६ जनाको मृत्यु भइसकेको छ भने २ हजार बिरामी परेका छन्।

वुहान शहरमा करिब एक हजार अमेरिकीहरु बसोबास गर्दै आएका छन्। भाइरसले महामारीको रुप लिएपछि अमेरिकाले वुहानका सबै अमेरिकीलाई अमेरिका फिर्ता बोलाएको छ।

यद्यपी डायना भने अमेरिका फर्किन चाहन्नन्। उनी सीएनएनसँग भन्छिन्,‘म अमेरिका फर्किन चाहन्न किनभने म त्यहाँ पुगेर कसैलाई भाइरस सार्न चाहन्न। जसले जे भने पनि म यही बस्छु।’

अमेरिकामा पनि कोरोनाको संक्रमण फैलिएको छ। त्यहाँ ३ जनामा कोरोना संक्रमण देखिएको छ।

भरतपुरलाई धूमपानरहित शहर बनाइने

Previous articleपूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार सिलगुडीतर्फ
Next articleयलम्वर संवतको अवसरमा बालिकालाई उपचार सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।