१३०० क्युफिट काठ सहित चितवनको कालिकामा ३ जना पक्राऊ

चितवन । डिभिजन वन कार्यालय चितवनले अवैध रूपमा चोरी तस्करी गरेको एक हजार ३५५ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा रहेका तीन फर्निचर उद्योग र एउटा घरबाट सो परिणाममा काठ बरामत गरिएको हो ।

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार कालिका नगरपालिका–८ मा रहेको देवी फर्निचर उद्योगबाट ४८७ क्युफिट, सरिता फर्निचर उद्योगबाट ३९२ क्युफिट, कालिका नगरपालिका–१ मा रहेको रुपेन्द्र काष्ठ फर्निचर उद्योगबाट ३५५ क्युफिट काठ बरामत गरिएको छ । यस्तै सो वडाको सूर्यपुरमा रहेको राम घिसिङको घरबाट १२१ क्युफिट काठ बरामत गरिएको छ ।

उनीहरूलाई प्रमुख जिल्ला अधिकारीसहितको टोली र डिभिजन वन कार्यालयको टोलीले पुस १ र २ गते नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो । पक्राउपर्नेमा देवी फर्निचर, सरिता फर्निचार र रुपेन्द्र काष्ठ फर्निचरका एक÷एकजना रहेका छन् । अन्य सङ्कलकको खोजीकार्य भइरहेको खनालले बताउनुभयो । पक्राउ परेका तीन जनालाई जिल्ला दालत चितवनबाट वन ऐन २०७६ अनुसार कारबाहीका लागि समय थप गरिएको उहाँले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/16825

Previous articleरत्ननगर १५ समाजवादी युवा संघका अध्यक्ष रामहरि अधिकारी एमालेमा प्रवेश
Next articleसमृद्ध कतारबाट के सिक्ने ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।