हिमालय एअरलाइन्सले दमामबाट दैनिक र रियादबाट सातामा दुई उडान भर्ने

हिमालय एअरलाइन्सले दमामबाट दैनिक र रियादबाट सातामा दुई उडान भर्ने

साउदी अरेबियाबाट नेपालका लागी हिमालय एयरलाइन्सले सातामा पाँच उडान भर्ने भएको छ । साउदी सरकारले विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गर्ने भएपछि उडान भर्न लागिएको साउदी मेनेजर सुवास तिमिल्सिनाले जानकारी दिए । मेनेजर तिमिल्सिनाका अनुसार एयरलाइन्सले सन् २०२१ को जनवरीबाट दैनिक उडान भर्ने छन् ।

यसअघि टिकट खरिद गरेको यात्रीहरुले जनवरीबाट हुने उडान भर्नका लागि टिकट लिएका एजेन्सीहरुलाई सम्पर्क गर्न मेजर तिमिल्सिनाले आग्रह गरे । त्यसैगरी साउदीको राजधानी रियादबाट हिमालय एयरलाइन्सले सोमबार र बिहीबार गरी सातामा दुई उडान भर्न लागिएको एयरलाइन्सका साउदी मेनेजर तिमिल्सिनाले बताए दिए । उडान भर्न विशेष अनुमति पाएका कारण साउदीबाट छुट्टी, करार अवधि सकिएकाहरु लैजाने र नेपालबाट तत्कालका लागि ल्याउन अनुमति नदिएको साउदी मेनेजर तिमिल्सिनाले बताए ।

मेनेजर तिमिल्सिनाका अनुसार एकतर्फी उडान भएकोले टिकटदर केही म’हंगो पर्न सक्नेछन् । उडान भर्नका लागी पीसीआर रिपोर्ट चाहिने मेनेजर तिमिल्सिनाको भनाइ छ । पीसीआर गरेको रिपोर्टले ७२ घन्टासम्म मान्य हुने । मेजर तिमिल्सिनाले बताए । पीसीआरका लागि साउदी सरकारद्वारा मान्यता प्राप्त अस्पताल तथा मेडिकलहरुमा २ सयदेखि ३ सय रियालसम्म लाग्न सक्ने मेजर तिमिल्सिना बताउँछन् ।

 

‘ नेपाल प्रस्थान गर्नुहुने यात्रुहरूले लगेज ३० केजी एउटै पोकोमा बनाउनुपर्छ , मेनेजर तिमिल्सिनाले भने,’ यदि टीभी भएमा उहाँहरुले टीभी र अर्को एउटा पोको बनाउनुपर्छ, र जम्मा गरेर यात्रुहरूले लगेज ३० किलो र हातमा ७ किलो लान पाउनु हुन्छ ।’ शैलुंग अनलाईन बाट 

दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको नाकाहरुमा भिड

Previous articleआफु कुटोकोदालो गरेर श्रीमतीलाई क्याम्पस पढाए, जागिर खाने बनाए, अहिले श्रीमती धो’का दिएर हिडिन्
Next articleकोरियामा श्रमिक Basic Salary फेरी बढ्यो,अवदेखी महिनाको १ लाख ८२ हजार रुपैया
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।