मे ३१ सम्म कतार जानेले क्वारेन्टाइनमा बस्नुपर्ने

0
72

मे ३१ सम्म कतार जानेले क्वारेन्टाइनमा बस्नुपर्ने

कतार गएर क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान मे ३१ सम्मका लागि बढाईएको छ । मे ३१ भित्रसम्म कतार आउने कतारी नागरिक, आप्रवासी र अन्य भिसा भएका सबै आगमनका यात्रुले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने,; डिस्कभर कतारले आफ्नो वेबसाइटमा भनेको छ । क्वारेन्टाइनको लागि होटल बुक गर्नुपर्ने एकमात्र माध्यम रहेको डिस्कभर कतारको वेबसाइटले हाल मे महिनाका लागि पनि बुकिङ खुला गरिसकेको छ ।

यसअघि क्वारेन्टाइनको आवश्यकता फेब्रुअरी १५ सम्मका लागि थप गरिएको थियो । हाललाई कतार आउन कतारी नागरिक, उनीहरूको सहयोगी , स्थायी बासिन्दा वा अन्य स्वीकृत भिसा धारकहरूको लागि अनुमती दिइएको छ । त्यस्तै कतारी आईडी भएका आप्रवासीले कतार पोर्टलको वेबसाईट मार्फत आवेदन भरेर परमिट प्राप्त गरेपछि कतार आउन पाउनेछ ।

नयाँ भिसामा आउनेहरुका लागि पनि नोवेम्बर महिना देखि प्रक्रिया सुरु भैसकेको छ । स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित सूची अनुसार कम जोखिम भएका देशहरू बाट आएकाहरु घरमै क्वारेन्टाइन बस्न पाउनेछन् र बाँकीले सरकारले तोकेको सेन्टरमा क्वारेन्टाइन बस्नुपर्नेछ । कतारमा क्वारेन्टाइन बस्नका लागि लाग्ने शुल्क हाललाई १,९५० रियाल देखि माथि रहेको छ । QNKhabar.com बाट 

मन्त्री साउद र सिनेटर होलेनबीच भेटघाट

Previous articleआज वि.सं.२०७७ साल पौष २८ गते मंगलबार (Jan 12 2021), आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
Next article९ जनाले १३ वर्षिया बालिकामाथि २४ घण्टासम्म सा’मुहिक बलाʼ त्काʼर गरे, सबै ट्रक चालक रहेको खु;लासा !