रवि लामिछानेको आयो यस्तो भनाई सीधा कुरा जनता संग भोलि बाट बन्द हुँदै

रवि लामिछानेको आयो यस्तो भनाई सीधा कुरा जनता संग भोलि बाट बन्द हुँदै

उज्यालो नेपाल, पौष ०७, चितवन-  लाेकप्रिय सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता रहेको न्यूज ट्वान्टी फरबाट सातामा ३ दिन प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम बन्द हुने भएको छ । प्रस्तोता रवि लामिछानेले टेलिभिजन नै छाड्ने निधो गरेपछि सो कार्यक्रम बन्द हुन लागेको हो । रवि लामिछानेले दिएको जानकारी अनुसार सो कार्यक्रम भोलि (माघ ८, विहिबार) देखि बन्द हुने भएको छ । जनताको चासो, गुनासो र प्रश्न स्लोगन दिईएको उक्त कार्यक्रम बन्द हुने भएपछि सर्वसाधारण जनतामा निराश्यता छाउने निश्चित छ ।

भ्रष्टा’चार, अप’राध र समाजमा भएका वि’कृति वि’सङ्गतीको नि’गरानी र पर्दाफास गरेर चर्चित बनेको र जनताको मनमनमा बस्न सफल कार्यक्रम बन्द हुने भएपछि दलाल, भ्रष्टहरु भने खुसी हुनेछन् सञ्चारकर्मी लामिछानेले टेलिभिजननै छाडेर के गर्न लागे भन्ने उत्सुकता जागेको छ । हामीलाई प्राप्त जानकारी अनुसार उनी पत्नी निकिताको व्यापारमा सहयोग गर्नेछन् । तर केहीले भने टेलिभिजन नै छाडेर रविले राजनीतिमा प्रवेश गर्ने आकलन गरेका छन् ।

कहिले भने रबि अब आफनै नयाँ टेलिभिजन खोल्ने तयारीमा रहेको अनुमान गरेका छन्! काम नगर्ने नेताहरु प्रति खरो रुपमा उत्रने रविलाई सर्वसाधारण जनताले निकै मन पराए पनि राजनैतिक कार्यकर्ताहरु भने उनको वि’रुद्धमा छन् ! अझै विशेष गरि नेकपाका कार्यकर्ता  त रविलाई पटक्कै मन पराउँदैनन्! रविको यो निर्णयले उनीहरुलाई भने निकै खुसि दिने देखिन्छ!

यस विषयमा रविले यस्तो जानकारी दिएका छन् !

भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण news 24परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु। -रवि लामिछाने 

को हुन् रवि लामिछाने?

रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका नेपाली पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका बेलामा नेपाल टेलिभिजनमा ‘सिधा कुरा प्रधानमन्त्री संग” सुरु गरेका रवि लामिछानेलाई प्रधानमन्त्रीमा प्रचण्ड आएपछि प्रचण्डले उक्त कार्यक्रम रवि बाट खोसेर अर्कै व्यक्तिलाई दिएका दिए !केहि समयपछि उक्त कार्यक्रम बन्द भएको थियो!

उता नेपाल टेलिभिजन बाट निकालिएका रविले न्युज २४ टेलिभिजनमा “सिधा कुरा जनता संग” सुरु गरेका थिए! वि.सं. २०७६ भाद्र महिनामा उनका सहकर्मी शालिकराम पुडासैनीको आ’त्मह’त्या पश्चात्, उनले रेकर्ड गरेको भिडियोको आधारमा रवि लामिछानेलाई प्रहरीले पक्राउगरी अदालतमा पेश गरेको थियो।  पछि यथेष्ट प्रमाण नपुगेको भन्दै चितवन जिल्ला अदालतले आगामी दिनमा मुद्दाको बारेमा अन्तर्वार्ता नगर्ने शर्तमा पाँच लाख ध’रौटीमा रिहा गरेको थियो । पछी अदालतले रविकै पक्षमा फैसला गरेको थियो !

भूकम्पपीडितलाई माओवादीको ५० लाख सहयोग

Previous articleसरकारी कर्मचारीको घ्याम्पो जत्रो पेट, एकैदिनमा ८ छाक खाना
Next articleन्युज २४ छोडेपछि के गर्दैछन रवि? ज्वा’लाले खोलिन रविको भित्रि योजना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।