सरकारी कर्मचारीको घ्याम्पो जत्रो पेट, एकैदिनमा ८ छाक खाना

सरकारी कर्मचारीको घ्याम्पो जत्रो पेट, एकैदिनमा ८ छाक खाना

काठमाडौँ, ७ माघ । सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला ? बढीमा ३–४ पटक । दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन् । जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलोनिका) ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो । कार्की यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन् । उनले दुई दिनमा चार कोठा लिएकी थिइने । र, १० छाक खाना खाएको देखाएकी थिइन् । त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको छ । उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेस गरिन् ।

त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिका अन्तरगतका योजना अनुगमन गरेका थिए । उनले दुई दिनमा होटलका चार कोठा भाडामा लिए । १० छाक खाना खाएको बिल बनाए । त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

 

गणतन्त्रलाई सबल बनाउन भूमिका खेल्ने शीर्ष नेताको प्रतिबद्धता

Previous articleकतारमा रोजगारीको सुवर्ण अवसर: तलब ८०,०००/- सम्म तुरुन्त हेर्नुहोला
Next articleरवि लामिछानेको आयो यस्तो भनाई सीधा कुरा जनता संग भोलि बाट बन्द हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।