५ फेब्रुअरीमा दमाममा पासपोर्ट Renew गर्न घुम्ती शिबिर संचालन हुँदै

उज्यालो नेपाल, माघ १२ चितवन- साउदीको रियादमा रहेको नेपाली दुताबासले रियाद बाट निकै टाढा कार्यरत नेपालीहरुलाई मध्यनजर गर्दै दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । नेपाली दुताबासले एक विज्ञप्ति जारी गर्दै दम्माममा कार्यालय संचालन हुने मिति समय र स्थान बारे जानकारी दिएको हो! यस अघि पनि विभिन्न मितिमा दमाममा यस्तै अफिस संचालन गरिएको थियो!

पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा विभिन्न शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको नेपाली दुताबासले जनाएको छ ! यस अघि दुताबासले विभिन्न समयमा राहदानी नविकरण गर्नुपर्ने व्यक्तिहरुलाई अनलाईन मार्फत आवेदन दिन आग्रह गरेको थियो! सोही आग्रह बमोजिम आवेदन दिएका नेपाली नागरिकहरु उक्त अस्थाई कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्नेछन! दुताबासको सुचना यस्तो छ!

दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्नेसम्बन्धी सूचना !
राजदूतावास रहेको शहर(रियाद) भन्दा टाढा रहनुहुने सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले नेपाली समुदायको बाक्लो उपस्थिती रहेका शहरहरूमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय स्थापना गरिंदै आएको व्यहोरा विदितै छ । यसै सिलसिलामा, आगामी ५ फेब्रुअरी २०२१ मा दमाममा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गरिने भएको हुँदा दमाम, जुवेल, अलहासा, रास्तानुरा, खोबर, कतिफ एवम् सो क्षेत्रको वरपरका स्थानमा रहनुभएका नेपालीहरूले राहदानीका लागि यथाशीघ्र अनलाइन आवेदन गर्नुहुन अनुरोध छ ।

यँहा क्लिक गरेर अनलाईन फारम भर्न सकिने छ!
राहदानीको म्याद ६ महिना भन्दा कम रहेकाहरूले मात्र आवेदन गर्नुहुन अनुरोध छ । साथै, ५ फेब्रुअरी २०२१ पछि केही समयको लागि अस्थायी कार्यालय सञ्चालन गरी राहदानी आवेदन संकलन गर्ने कार्य स्थगित गरिने भएको हुँदा सो क्षेत्रमा रहेकाहरूले उपरोक्त मितिका लागि अनलाइन आवेदन गर्नहुन अनुरोध छ ।
राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूः
- सक्कल राहदानी
- राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
- नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)
- राहदानी दस्तुर साउदी रियाल- २००।–
- हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।-

मुद्रास्फीति वाञ्छित सीमा बाहिर, विप्रेषण र विदेशी मुद्रा सञ्चिती बढ्यो




