बालिकाको दावी गर्दै आईन मिडियामा : ‘म शेरधनको पहिलो श्रीमती’ (भिडियोसहित)

बालिकाको दावी : ‘म शेरधनको पहिलो श्रीमती’ (भिडियोसहित)

काठमाडौँ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पाबीच विवाह सम्पन्न भएसँगै बालिका खड्काले आक्रोश व्यक्त गरेकी छन् । खड्काले एक सञ्चारमाध्यमसंगको अन्तर्वातामा आफू राईको पहिलो श्रीमती भएको दावी समेत गरेकी छन् । राईले आफूमाथि हिंसा गरेको बताउँदै खड्काले यसविरुद्ध अब कडा निर्णय लिने बताएकी छन् । यस्तै, पार्टी भित्रकै एक चेलीमाथि हिंसा भइरहदा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म राईको विवाहमा पुग्नु अपाच्य र लज्जास्पद रहेको उनको भनाई छ ।

सरकारको उच्च अहोदामा रहेका व्यक्ति समेत राईको विवाहमा उपस्थित हुनु असोभनिय भएको बालिकाले बताएकी छन् । यस्तै, राई दम्पतीको उमेरअन्तरले समेत समाजमा विवाहप्रति नकारात्मक सन्देश गएको उनले बताइन् । बालिकाले शेरधन राई आफ्नो श्रीमान भएको भन्दै केही समय अघि अदालमा अंश मुद्दा दायर गरेकी थिइन् । तर, त्यसको केही समयमा अरूको उक्साहटमा मुद्दा दायर गरेको बताउँदै बालिकाले मुद्दा फिर्ता लिएकी थिइन् ।

यस घटनापश्चात केही समय चुपचाप बसेकी बालिकाले राईले विवाह गर्न लागेको सूचना पाएलगत्तै मानव अधिकार आयोगमा निवेदन दिएकी छन् । ४९ वर्षिय राईले २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । उनीहरुले परम्परागत विधीबाट काठमाडौँँको एक पार्टि प्यालेसमा यही माघ ११ गते विवाह गरेका हुन् । विवाहमा परिवार सदस्य, आफन्तजन, प्रधानमन्त्री, राष्ट्रपतिलगाएत पर्यटनमन्त्रीको उपस्थिती रहेको थियोे ।

भिडियो तल हेर्नुहोला 

तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै

Previous article२ वर्षिय छोरो पिठ्युमा बोकेर रिक्सा चलाएर भा’ईरल भएका अर्जुन जब’रजस्ती करणी मु’द्दामा पक्राउ
Next articleछतमा बसेर टिकटक बनाउने क्रममा लडेर ८ वर्षिया प्रनिशाको ज्या’न गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।