नेपालको कानुन दैवले जानुन: नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छ’लीको मु’द्दा !
दोलखाको तामाकोशी गाउँपालिका १ का लक्षुमण माझीलाई ठ’ग समूहको एक गि’रोहले करोडौँको राजस्व छ’ली मु’द्दामा फसा’इदिएको छ ।उक्त गि’रोहले तामाकोशी नदीमा माछा मा’रेर गु’जारा चलाउने माझीको नाममा पीआरके ट्रेड इन्टरनेशनल नामक कम्पनी दर्ता गरी राजस्व छ’ली गर्ने गरेको पाइएको हो ।
राजस्व अनुसन्धान विभागले माझीको नामबाट दर्ता भएको स्थायी लेखा नम्बर ६०५४२८२७२बाट पाँच करोड २०लाख राजस्व छ’ली गरेको अभि’योगमा माझीवि’रुद्ध उच्च अदालत पाटनमा मु’द्दा दायर गरेको छ । विभागले उच्च अदालतमा मु’द्दा दायर गरेपछि अदालतले गत पुस १६गते माझीलाई अदालतमा हाजिर हुन पत्र पठाएको छ । अदालतले करोडौँ राजस्व छ’लीको मु’द्दामा उपस्थित हुन माझीलाई पत्र आएपछि उनीलगायत सिं’गो बस्ती नै त्र’सित भएका छन् । गाउँमा माछा मारेर जेनतेन परिवार पाल्दै आएका माझी अहिले करोडौँ रुपैयाँ राजस्व छ’ली गर्ने अभियुक्त बनेका छन् ।
कसरी फ’से माझी ? २०७२सालको भूक’म्पपछि जिल्लाको अधिकांश बस्ती ध्व’स्त बने । माझी गाउँ पनि अछू’तो रहेन । भूकम्पपछि पी’डितहरूका लागि खाद्यान्न लत्ताकपडा जस्तापातासहितका राहत लिएर आउनेहरूको गाउँमा ओ’इरो लाग्यो । त्यसमा पनि द’लित जनजाति र माझीजस्ता पिछ’डिएका बस्ती र समुदाय यसको निशा’नामा परे । भूकम्प गएको एक वर्षपछि गाउँमा कपडा बेच्न हिँडिराख्ने महेन्द्र यादवले लक्षुमणलाई नयाँ घर बनाइदिने र राहत दिने मान्छे भेटाइदिने भन्दै काठमाडौं बोलाए । लक्षुमण पनि नयाँ घर पाउने आशामा तीन पटकसम्म काठमाडौं आएर महेन्द्रले भनेको व्यक्तिलाई भेटे ।
लक्षुमणका अनुसार ३पटकसम्म काठमाडौं आउँदा ती व्यक्तिले उनलाई ३६हजार ५सय रुपैयाँ पनि दिए । पैसा दिएपछि माझीसँग पहिलोपटक व्यक्तिले नागरिकताको फोटोकपी र फोटो खिचेर लगे । पी’डित माझीले आ’र्थिक दैनिकसँग भने दोस्रो र तेस्रो पटक विभिन्न कागज बनाएर ल्याएछन् सबैमा सही गर्न लगाए । रा’हत पाउने आशामा पढलेख गर्न नजानेका लक्षुमणले उनीहरुले भनेकै ठाउँमा सही र ल्याप्चे लगाइदिए । उनलाई काठमाडौंमा लाने काम भने नरेन्द्र राय यादव र धीरेन्द्र राय यादवले गरेका थिए ।
माझीको सम्पूर्ण कागजपत्र जम्मा गरेपछि उनीहरु टा’ढिएका थिए । उनीहरुले नै माझीको नाममा कम्पनी दर्ता गरेर राजस्व छ’ली गरेको हुनसक्ने स्थानीय जनप्रतिनिधिको आ’शं’का छ । रा’हत दिनेको व्यक्तिको नाम ठेगाना केही जानकारी नभए पनि देखे अनुहार चिन्नसक्ने उनी बताउँछन् । राहतका नाममा लक्षुमणजस्तै माझीगाउँका अधिकाँश गाउँले यसरी नै नागरिकता र फोटो बुझाएर कागजमा सही गरेका छन् । दिनेश माझी देवेन्द्र माझी नारायण माझी मोहन खत्री काफ्ले र शरण माझी पनि एउटै व्यक्तिलाई नागरिकता दिएर रा’हत लिनेमा पर्छन् । लक्षुमणजस्तै आफूलाई पनि यस्तै पत्र आउने हो कि भन्ने चि’न्ता यी स्थानीयबासीलाई परेको छ ।’


