चक’मन्न रा’तमा बख्तर’बन्द गाडी सडकमा : सेनाले भन्यो- ‘हामी अभ्यासमा छौँ, अभ्यास काम लाग्न सक्छ’

काठमाडौं, २० माघ । नेपाली सेनाका हति’यार जडित (बख्त’रबन्द) गाडीले सोमबार रा’ति चक्रपथ परिक्रमा गरेका छन् । रा’ति दश बजेपछि सेनाका दर्जन जति बख्त’रबन्द गाडीहरू एकसाथ सडकमा निस्केका थिए । सेनाले यसलाई आफ्नो नियमित अभ्यास भनेको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल सैन्य अभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको बताउनुभएको छ ।

बख्’तरबन्द गाडीहरू रा’ति दश बजेपछि सितापाइलस्थित यु’द्ध कवच गण ब्यारेकबाट कर्णेल देवन्द्र खड्काको नेतृत्वको टोलीले एकसाथ निस्केका थिए र उनीहरूले चक्रपथको च’क्कर च’क्कर हिडेका थिए । यसअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो शासन हातमा लिँदा बख्त’रबन्द गाडी सडकमा निकालिएको थियो ।

जंगीअड्डाले यसअघिनै जानकारी दिएर बख्’तरबन्द गाडी सडकमा निकालेको हो । दिउँसोको समयमा ट्राफिक जा’म हुने भएपछि सेनाले आफ्ना बख्’तबरन्द रा’तिको समयमा सडकमा निकालेको जनाएको छ । यसका लागि ट्राफिक प्रहरीसँग सेनाले समन्वय गरेको थियो ।

संयोग कस्तो रह्यो भने तत्कालीन राजा ज्ञानेन्द्र शाहले १६ वर्ष अघि शाही ‘कु’ मार्फत शासन आफ्नो हातमा लिएको दिन अर्थात माघ १९ गतेकै मिति पारेर सेनाको बख्’तरबन्द गाडी सडकमा निस्किएको थियो । वर्तमान विकसित राजनीतिक घट’नाक्रमका समेत ती’व्र बनिरहेको बख्त’रबन्द गाडी यसरी सडकमा निस्किएपनि सेनाले यसलाई ‘नियमित अभ्यास’ भनेको छ ।

त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेक’नाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्त’रबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको छ । माघ २१ गते पनि बख्’तरबन्द गाडीहरू सितापाइलाबाट बिहान सातादोबाटो कोटेश्वर हुँदै पाँचखाल जाने कार्यक्रम छ।

दसैँ-तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र
Previous articleआज २०७७ साल माघ २० गते मङलबार ( २ फेब्रुअरी २०२१) आजको राशिफल
Next articleडिभोर्सको एक दशक पछि अर्को लगनगाँठो क’स्दै अन्जु पन्त
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।