हो’सियार: काठमाडौंमा वैदेशिक रोजगारीका नाममा ठ’ग्ने विदेशी गि’रोह सक्रिय

हो’सियार: काठमाडौंमा वैदेशिक रोजगारीका नाममा ठ’ग्ने विदेशी गि’रोह सक्रिय

२२ माघ, काठमाडौं । रुकुमका दानबहादुर ठकुरीले क्यानडा जान पाइने आ’शामा दुई हप्ताअघि टोखास्थित ओम गणपति ह्याप्पी लाइफ कम्पनी प्रालिमा ८ हजार रुपैयाँ बुझाए । ‘अफर लेटर आएको जानकारी फोनमा पाउनुहुन्छ’, रसिद दिँदै एक महिलाले हिन्दीमा उनलाई भनेकी थिइन्, ‘त्यसपछि एक लाख दिइहाल्नुपर्छ, पैसा जम्मा गर्दै गर्नुहोला ।’  तर, कम्पनीबाट फोन नआउँदै सोमबार ‘ओम गणपतिमा छा’पा मा’र्दा ठ’गीमा संलग्नहरु पक्राउ’ परेको समाचार आयो । ‘सजिलै भिसा लाग्छ भनेका थिए’, ठकुरी भन्छन्, ‘धन्न, धेरै ठ’गिनबाट जो’गिएछु ।’

सोमबार वैदेशिक रोजगार विभागले छा’पा मा’र्दा टो’खाको ट्रि’पल स्टार इम्प्लोइमेन्ट प्रालिभित्र ‘ओम गणपति ह्याप्पी लाइफ’ पनि भेटिएको थियो । त्यहाँ भेटिएका चारजना भारतीय नागरिक ‘नेपालीलाई क्यानडा पठाउने’ ध’न्दा चलाएको खु’लेको छ । उनीहरुले ठ’गी ध’न्दा चलाउन अ’वैध कम्पनी ख’डा गरेका थिए । क्यानडा, अमेरिकी र विभिन्न युरोपेली देशमा पठाउने भन्दै भार’तीय गि’रोह सक्रिय रहेको यो अपरे’सनपछि खुलेको छ । काठमाडौंमा सक्रिय यस्तो गि’रोहले सुरुमा ५ हजार भारु मात्र बै’ना गराएर विभिन्न का’गजात आयो भन्दै थप प्रक्रियाका लागि क्रमैसँग प्रति’व्यक्ति ४ लाख रुपैयाँसम्म असु’लेको कागजात विभागले फेला परेको छ ।

उनीहरुले सामाजिक स’ञ्जालमा आकर्षक वि’ज्ञापन गरेर रकम असु’लिरहेको पाइएको छ । क्यानडा पुगिने प्र’लोभनमा सजिलै न’फस्ने श्रमिकहरुलाई भने ट्रि’पल स्टार म्यानपावरले ‘क’न्भिन्स’ गराउने गरेको पाइएको छ । पक्रा’उ परेकाहरुले आफू कर्मचारी भएको र ‘बो’स’ भारतमै रहेको बताएका छन् । विभा’गका महानिर्देशक कुमार दाहाल क’म्पनी दर्ता नगरी भारतबाटै नेपाल आएर वैदे’शिक रोजगारीका नाममा ठ’ग्ने गि’रोह पहि’लोपटक फेला परेको बताउँछन् । ‘ट्रिपल स्टारसँग सम्झौ’ता गरेर भार’तीयहरु ठ’गीमा संल’ग्न भएको पाएका छौं,’ उनले भने ।

पछिल्ला दिनमा न्युजिल्यान्ड र अस्ट्रेलिया पठा’उने भन्दै ठ’गी बढेको गु’नासो आएपछि त्यसबारे अ’नुसन्धान थालेको दाहालले बताए । उनले भने, ‘श्र’मिक स्वयं सचे’त भएनन् भने यस्ता ठ’गीको घट’ना बढ्छ ।’ नक्क’ली भिसा र कागजात देखाएर भारत पुर्‍याएपछि होटलमा राखेर थप ठ’गी गर्ने निय’त हुनसक्ने महानिर्देशक दाहाल बताउँछन् । धेरै जनाबाट दुई–चार’लाख उठाएर फर्किने मना’सायले पनि यस्तो गि’रोह नेपाल आएको हुनसक्ने उनको अनु’मान छ ।

यी चार भारतीयमाथि अनु’सन्धानका लागि वैदेशिक रोजगार न्याय’धिकरणमा पे’श गरिएको छ । उनीहरुले हिन्दी र अंग्रेजी नबो’लेपछि भारतीय दूतावासबाट अनुवा’दक बोलाएर बया’न लिन लागिएको जानकारी महानिर्देशक दाहालले दिए ।

नेपालीसँग मिलेरै ठ’गी

पछिल्ला दिनमा नेपालीसँगै मिलेर वि’देश पठाउने नाममा ठ’गी गर्ने भारतीयहरुको संख्या बढ्दो द’रमा देखिएको छ । क्यानडा रोजगारीमा पठाइदिने भन्दै पाल्पाका खिन्तबीर सारुलाई १४ लाख रुपैयाँ ठ’गेर फरा’र भएका अर्घाखाँची, तिलगंगाकी रे’नुका सारु र कलकत्ता, बर्दमा’नका शे’ख सम्सुर आ’लोन गत मंसिर २४ गते काठमाडौंको सुन्धा’राबाट पक्राउ परेका थिए । उनीहरुले अन्य तीन जनाबाट पनि करिब ४८ लाख रुपैयाँ उठाएको पक्राउ परेपछि खु’लेको थियो ।

त्यस्तै, भारतीय ठ’ग गि’रोहसँग जोडिएका मोदी गाउँपालिकाका, पर्वतका धिरजकुमार विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय कास्कीले माघ १५ गते पक्राउ गरेको थियो । उनले क्यानडा र अमेरिका लैजाने भन्दै विभिन्न जिल्लाका युवकबाट एक लाखदेखि १५ लाख रुपैयाँसम्म ठ’गी गरेको पाइ’एको कास्कीका प्रहरीका डीएसपी सुवास हमालले बताए । ‘उनले करिब तीन द’र्जन व्यक्तिबाट एक करोड रुपैयाँ ठ’गी गरेको पाइयो’, डीएसपी हमाल भन्छन्, ‘ठ’गेको रकमको केही हि’स्सा हु’न्डीबाट भारत पठाएको पनि खु’लेको छ ।’

खाडी देशका अधिकारीलाई अवैध निम्तो

नेपाली श्रमि’क ठ’ग्न भारतीय मात्र हैन, खाडी मुलुकका सरकारी अधिकारीहरु नै आउने गरेको गत ९ मंसिरमा काठमाडौं होप इन्टरनेसनल म्यानपावर कम्पनीमा भएको अ’वैध अन्तर्वार्ताले देखा’एको थियो । वैदेशिक रोजगार विभागले छा’पा मा’र्दा कतारी दूतावासको ४५–सीडी–००९ नम्बरको गाडी र चारजना कतारी अधिकारी होप इन्टरनेसनल परिसरमै भेटिएका थिए । ती कतारी अधिकारी र दुतावासको गाडीलाई पराराष्ट्र मन्त्रालयले उ’म्काएको थियो ।

परराष्ट्रले अ’वैध गति’विधिमा सं’लग्नताबारे कतारी दूतावासलाई स्पष्टी’करण पनि सोधेन । दूता’वासले भने प्रेस वि’ज्ञप्ति जारी गरेर केही क’तारी पाहुना पुर्‍याउन आफ्नो गा’डी होप इन्टरनेसनल पुगेको बताएको थियो । कतार प्रहरीका लागि भन्दै लिइएको सो अन्त’र्वार्ताबाट छानि’एकाहरुबाट प्रतिव्यक्ति १२ लाख रुपैयाँसम्म उ’ठाउन खोजेको खु’लेको थियो । त्यसपछि विभागले त्यस्ता अ’वैध ध’न्दामा संलग्न होप इन्टरनेसनल, डीडी ह्युमन रिसोर्स म्यानपावर र एसओएसको ला’इसेन्स ३ महिना निल’म्बनको निर्णय गरेको थियो । तर, श्रम’मन्त्री गौरीशंकर चौधरीले वि’भागको निर्णयलाई माघ ८ गते उल्ट्या’इदिएका थिए ।

विभाग नि’रीह

विदेशीहरु नेपालमै आएर खु’ल्लमखुल्ला श्रमि’क ठ’गिरहँदा विभाग नि’रीह बन्ने अवस्था आएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । वि’भागले गरेको कार’वाहीलाई मन्त्रीले उल्ट्या’उन थाल्दा ठ’गहरुको म’नोबल बढेको उनीहरु बताउँछन् । ‘थुप्रै नेपाली युवा ला’खौं बुझाएर भारतको बाटो हुँदै कतार पुलिसमा भर्ना भए,’ एक अधिकारी भन्छन्, ‘विदे’शीले कुनैपनि द्विपक्षीय सम्झौताविनै नेपाली युवाको छाती ना’प्दा हामी टुलु’टुलु हेरेर बस्ने अवस्थामा पुगेका छौं ।’

विदेश पठाउने नाममा विदेशी गिरो’हहरुलाई नेपालमा सक्रिय हुन न’दिने कदम चा’ल्दा म्यानपावर व्यवसायीसमेत वि’भागविरुद्ध आ’न्दोलनमा उ’त्रिएको ती अधि’कारी बताउँछन् । उनका अनुसार, कोरोना महा’मारीपछि धेरै म्यानपावर व्यवसायीहरु ठ’गी गर्ने विदेशी गि’रोहसँग मिलेको उनले बताए । ‘भारतीय र नेपाली दला’लहरुको कु’म जोडिन थालेको देखिन्छ,’ उनी भन्छन्, ‘विभागलाई पनि त्यसमा मि’ल्न दबा’व दिन खोजिएको हो कि भन्ने म’हसुस हामीलाई भएको छ ।’

विभागले ठ’गीमा परेका नागरिकलाई प्रमाणसहित उ’जुरी द’र्ता गर्न आ’ह्वान गरेको छ । परेका उ’जुरीमा छा’नबिन गरेर केही म्यानपावर कम्पनी र द’लाललाई कार’बाही तथा पी’डितलाई क्षति’पूर्ति भ’राएको पनि छ ।

शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १७ वर्ष पूरा, द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा

Previous articleआज २०७७ साल माघ २१ गते बुधवार (०३ फेब्रुअरी २०२१) आजको दिन कस्तो छ? (राशिफल)
Next articleआज २०७७ साल माघ २२ गते विहिवार ( ४ फेब्रुअरी २०२१) आजको राशिफल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।