काठमाण्डौ – के तपाईँ साउदी अरबमा रोजगारीका लागि पुनः प्रवेश भिसामा जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने साउदी सरकारले लागू गरेको नयाँ निय’म थाहा पाउनुहोस् । साउदी सरकारले साउदीबाट पुनः प्रवेश भिसामा अर्थात् बिदामा स्वदेश आएकाहरू भिसाको अ’वधिभित्रै काममा नफर्किएमा तीन वर्षसम्म साउदी प्रवेशमा प्र’तिबन्ध लगाएको छ ।
तर जुन कम्पनीबाट पुनः प्रवेश भिसामा स्वदेश आएको हो त्यही कम्पनीमा नयाँ भिसामा जानका लागि अनु’मति पाएमा भने कुनै बा’धा पर्नेछैन । तर तोकि’एको अवधि भित्र साउदी प्रवेश गरि सक्नु पर्नेछ । यस्तै प’छिल्लो केही समययता साउदीमा फेरि कोरोना सङ्क्र’मितको सङ्ख्या बढ्न थालेपछि साउदी सरकारले स्वास्थ्य सुर’क्षामा थप क’डाइ गरेको छ ।

व्यापा’रिक मल’हरूमा जाने हरेकले मलमा प्रवेश गर्नुअघि साउदी सरकारले उपलब्ध गराएको मोबा’इल एप आफ्नो फोनमा अनि’वार्य डाउ’नलोड गरेको हुनु पर्नेछ । यो एपले कोरोना सङ्क्र’मण भएका व्यक्तिको आगम’नको समेत ट्रया’किङ् गर्छ । यस्तै साउदी सरकारले यसअघि मार्च ३१ बाट हवाई, स्थल तथा जल’मार्गबाट हुने सम्पूर्ण आवा’गमन खुल्ला गर्ने निर्णय गरे पनि ‘यो अव’धि पुनः थप गर्दै मे १७, २०२१ सम्म पुर्या’एको छ ।
यसैगरी विभिन्न २० देशबाट हुने आप्र’वासीहरूको आग’मनलाईसमेत अस्था’यी रूपमा साउदीले स्थ’गित गरेको छ । भारत, पा’किस्तान, अर्जेन्टीना, ब्राजिल, लेबनान, पोर्चुगल टर्की, यूएई, अमेरिका लगायतका २० वटा देशबाट आप्र’वासी, कूट’नीतिज्ञ, स्वास्थ्य’कर्मी र उनीहरूका प’रिवारहरू अर्को व्यवस्था नभएसम्म साउदी अरब प्रवेश गर्न पाउने छैनन् । नेपाललाई साउदीले प्रति’बन्ध नलगाए पनि यूएई लगायत साउदीले प्रति’बन्ध लगाएका देशबाट ट्रा’न्जिट भएर जान पाइने छैन ।
https://ujyaalonepalnews.com/archives/13626


